काबुल बम बिस्फोटनमा ५ नेपाली घाइते

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ १७, २०७४
|
|
४४ पटक हेरिएको
Shares
काबुल बम बिस्फोटनमा ५ नेपाली घाइते

सारांश

  • १७ जेठ, नयाँदिल्ली ।
  • अफगानिस्तानको काबुलमा भएको बम विस्फोटनमा परी पाँच नेपाली घाइते भएको दिल्लीस्थित नेपाली दूताबासले जनाएको छ ।
  • दिल्लीस्थित नेपाली दूताबासका इकोनोमिक मिनिष्टर कष्णहरि पुस्करले अनलाइनखबरसँग भने- ‘काबुलको दूताबास अगाडि भएको बम बिस्फोटनमा पाँच नेपाली घाइते भएको प्रारम्भिक रिपोर्ट आएको छ, तर विस्तृत विवरण प्राप्त भएको छैन।

१७ जेठ, नयाँदिल्ली । अफगानिस्तानको काबुलमा भएको बम विस्फोटनमा परी पाँच नेपाली घाइते भएको दिल्लीस्थित नेपाली दूताबासले जनाएको छ ।

दिल्लीस्थित नेपाली दूताबासका इकोनोमिक मिनिष्टर कष्णहरि पुस्करले अनलाइनखबरसँग भने- ‘काबुलको दूताबास अगाडि भएको बम बिस्फोटनमा पाँच नेपाली घाइते भएको प्रारम्भिक रिपोर्ट आएको छ, तर विस्तृत विवरण प्राप्त भएको छैन।

घटनाको यकि विवरण प्राप्त गर्न कठिनाइ भइरहेको छ । तथापि पाँच नेपाली घाइते भएको भन्ने सम्म परराष्ट्र मन्त्रालयमार्फत दूताबासलाई खबर आएको छ ।

घाइतेहरुको नाम प्राप्त भएको छैन । उनीहरु दूताबासमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए ।

अफगानिस्तानमा नेपालीहरु सुरक्षा गार्ड लगायतका रोजगारमूलक कार्यमा सहभागी हुँदै आएका छन् । उनीहरु पटक पटक यस्तो जोखिममा पर्दै आएका छन् ।

अफगानिस्तानमा नेपाली दूताबास छैन । त्यहाँको गतिविधिलाई पाकिस्तानस्थित नेपाली दूताबासले हेर्दै आएकोमा करिब दुई महिना अघिदेखि मात्रै दिल्लीस्थित नेपाली दूताबासमा त्यहाँको जिम्मेवारी सारिएको छ ।

दूताबासको क्षेत्राधिकार हेरफेरका कारणले पनि सूचना लिन कठिनाइ भएको अधिकारीहरुले बताएका छन् ।

बुधबार बिहान अफगानिस्तानको काबुलस्थित कूटनीतिक नियोगको कार्यालय रहने क्षेत्रमा भएको शक्तिशाली कार बम बिष्फोटमा ८० जनाको मृत्यु भएको थियो भने ३५० जना घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
सांसदहरुकै वार्डमा बाढीले बगाएको खानेपानीको मुहान मर्मत नहुदा जनता लाई सास्ती
सांसदहरुकै वार्डमा बाढीले बगाएको खानेपानीको मुहान मर्मत नहुदा जनता लाई सास्ती
भारत–पाकिस्तानबीचको युद्धले कश्मिरको समस्या समाधान हुन्छ?
भारत–पाकिस्तानबीचको युद्धले कश्मिरको समस्या समाधान हुन्छ?
विश्वकै सबैभन्दा महँगो चामल, कति छ त यसको मुल्य ?
विश्वकै सबैभन्दा महँगो चामल, कति छ त यसको मुल्य ?
इनकाउन्टर र पक्राउको रणनीति पछि गुण्डा नाइकेको भागाभाग, कोही लुके कोही भागे
इनकाउन्टर र पक्राउको रणनीति पछि गुण्डा नाइकेको भागाभाग, कोही लुके कोही भागे
“हाम्रो नेपाल ः हामी नेपाली, हामी जनताका सेवक” प्रधानमन्त्रीको प्रतिबद्धता
“हाम्रो नेपाल ः हामी नेपाली, हामी जनताका सेवक” प्रधानमन्त्रीको प्रतिबद्धता
काेराेना प्रभावित मुलुकमा कामदारलाई पठाउन स्थगित
काेराेना प्रभावित मुलुकमा कामदारलाई पठाउन स्थगित
सागका स्वयंसेवकलाई शारीरिक तालीम
सागका स्वयंसेवकलाई शारीरिक तालीम
चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु ।
चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु ।
आजको राशीफल
आजको राशीफल

तपाईंले छुटाउनुभयो कि?