किसानका मर्का सम्बोधन गर्न एमालेको ध्यानाकर्षण

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २३, २०७९
|
|
४९ पटक हेरिएको
Shares
किसानका मर्का सम्बोधन गर्न एमालेको ध्यानाकर्षण

सारांश

  • काठमाडौं ।
  • नेकपा (एमाले)को केन्द्रीय कृषि तथा पशुपन्छी विभागले कृषि क्षेत्रमा सरकारले तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामका बारेमा दृष्टिकोसहितको खाका तयार गरी सम्बन्धित मन्त्रालयलाई बुझाएको छ ।
  • उक्त खाकालाई विभागले पार्टी नेतृत्व र नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहलाई बुझाएको छ ।

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कृषि तथा पशुपन्छी विभागले कृषि क्षेत्रमा सरकारले तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामका बारेमा दृष्टिकोसहितको खाका तयार गरी सम्बन्धित मन्त्रालयलाई बुझाएको छ ।

उक्त खाकालाई विभागले पार्टी नेतृत्व र नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहलाई बुझाएको छ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल र मन्त्री साहको उपस्थितिमा विभागका प्रमुख गिरधारीलाल न्यौपानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज सम्पन्न बैठकले चितवनका तरकारी उत्पादक, काठमाडौँ, रामकोटलगायत देशभरका किसानले गरेकोे आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न कृषि क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले सोहीअनुसार विभागले कार्यक्रमको निर्माण र नीतिगत सुधारका लागि सरकारको ध्यानाकर्षण गराएको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

विभागले मलको सहज आपूर्तिको सुनिश्चितता, वनस्पति र कुहिने फोहरबाट उत्पादन गर्न सकिने आधुनिक कम्पोस्ट प्लान्ट उत्पादन केन्द्रहरू स्थापना गरी रासायनिक मलको वैकल्पिक व्यवस्था, किसानको पहिचान, वर्गीकरण र सूचीकरण गरी परिचयपत्रको व्यवस्था, उत्पादित कृषि उपजको समर्थन मूल्य निर्धारण र बजारीकरणको सहज व्यवस्था र कृषि बालीमा खुला पशु तथा वन्यजन्तुको आक्रमणको समस्यालाई दीर्घकालीन व्यवस्थापन गर्न सुझाव दिएको छ ।

यसैगरी हाल सञ्चालनमा रहेका कृषि उपज बजारको प्रभावकारी नियमन, कृषि बजारमा स्थानीय उत्पादन ब्रिकी वितरणलाई प्राथमिकता दिन, किसान र व्यापारीबीचको अक्सन सेन्टरको विकास गरी सप्लाई चेनको दुरी कम गर्न विभागले माग गरेको छ ।

विभागका प्रमुख न्यौपानेले वाणिज्य बैंकबाट प्रदान गरिने सहुलियत दरको कृषि कर्जा कार्यान्वयनको अवस्था अध्ययन गरी वास्तविक किसानले सहजरुपमा प्राप्त गर्ने प्रभावकारी संयन्त्र निर्माण, राष्ट्रिय आत्मनिर्भर कृषि कार्यक्रम, वास्नादार मसिनो धान, औद्योगिक मकै तथा भटमास, आलु, गोलभेडा, प्याज, सुन्तला जातको फलफूल छनौट गरी राष्ट्रिय आत्मनिर्भर कार्यक्रम सञ्चालन, खाद्य सम्प्रभुता नियमावली बनाइ खाद्य अधिकार तथा खाद्य सप्रभुतासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्न सुझाइएको बताए।

स्थानीयस्तरमा उत्पादित खाद्यान्य भण्डारणका लागि स्थानीय सरकारको सहयोग र सहजीकरणमा खाद्य भण्डारणहरू निर्माण गरी किसानका सहकारीमार्फत व्यवस्थापन, निजी लगानीमा स्थापना भएका शीत भण्डारको आसपासमा भण्डारण योग्य बाली लगाउन किसानलाई प्रोत्साहन गर्न आग्रह गरीएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचारप्रति कठोर हुने मुख्यमन्त्री पौडेलको संकेत
भ्रष्टाचारप्रति कठोर हुने मुख्यमन्त्री पौडेलको संकेत
चुनावअघि र पछि एमालेमाथि गरिएका भविष्यवाणी फेल खाए : केपी ओली
चुनावअघि र पछि एमालेमाथि गरिएका भविष्यवाणी फेल खाए : केपी ओली
प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना
अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छौँ : प्रधानमन्त्री
अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छौँ : प्रधानमन्त्री
सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै
सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै
फिफिया एप्समार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ
फिफिया एप्समार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच वन टु वन वार्ता
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच वन टु वन वार्ता
किताब को भन्दा बडी माया लाग्थ्यो गिटारको – नब गायक अशोक थापा मगर
किताब को भन्दा बडी माया लाग्थ्यो गिटारको – नब गायक अशोक थापा मगर
धाँधली हुनसक्छ, बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन : ओली कास्की
धाँधली हुनसक्छ, बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन : ओली कास्की
तारकेश्वर-काठमाडौं सम्पर्क समिती गठन गरिने
तारकेश्वर-काठमाडौं सम्पर्क समिती गठन गरिने

तपाईंले छुटाउनुभयो कि?