कृषि मन्त्री खनाललाई डेंगु संक्रमण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १९, २०७६
|
|
३९ पटक हेरिएको
Shares
कृषि मन्त्री खनाललाई डेंगु संक्रमण

सारांश

  • काठमाडौं।
  • कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगु संक्रमण भएको छ।
  • मन्त्री खनाललाई डेंगु संक्रमण देखिएपछि राजधानीको ग्रयाण्डी अस्पतालमा भर्ना गरिएको छ।

काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगु संक्रमण भएको छ। मन्त्री खनाललाई डेंगु संक्रमण देखिएपछि राजधानीको ग्रयाण्डी अस्पतालमा भर्ना गरिएको छ। रगत जाँचका क्रममा डेंगुको संक्रमण देखिएपछि मन्त्री खनाललाई बुधबार ग्राण्डी अस्पताल भर्ना गरिएको मन्त्री खनालको सचिवालयले जनाएको छ। राजधानी बाहिर रहेका मन्त्री खनाल गत शुक्रबार राजधानी फर्किएका थिए। सामान्य रुघा खोकी लागेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मन्त्री खनालको रगत परीक्षण गरिएको थियो। परीक्षणमा डेंगु भएको पुष्टि भएपछि उनलाई बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?