‘केराको पात’ सार्वजनिक

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण १५, २०७६
|
|
४० पटक हेरिएको
Shares
‘केराको पात’ सार्वजनिक

सारांश

  • नेपाली साङ्गीतिक क्षेत्रमा परिचित गायक अमृत खाती र गायिक स्मृति गौतमको स्वरमा ‘केराको पात’ नामक तीज गीत सार्वजनिक भएको छ ।
  • गायक खाती र चर्चित गायिका गौतमले चर्चित गायक शिरिष देवकोटा र प्रिया भण्डारीसँगको सहकार्यमा हरितालिका तीजको शुभकामनासहित नयाँ तीज गीत केराको पात यूटुबमार्फत बजारमा सार्वजनिक भएको हो ।
  • आफूलाई लोक गायक भन्न रुचाउने खातीले अन्य खालका गीत गाइसकेको हुनाले यो वर्ष पनि महिलाको विशेष पर्व तीजको अवसरलाई परेर तीज गीत बजारमा ल्याउने जानकारी दिनुभयो ।

नेपाली साङ्गीतिक क्षेत्रमा परिचित गायक अमृत खाती र गायिक स्मृति गौतमको स्वरमा ‘केराको पात’ नामक तीज गीत सार्वजनिक भएको छ । गायक खाती र चर्चित गायिका गौतमले चर्चित गायक शिरिष देवकोटा र प्रिया भण्डारीसँगको सहकार्यमा हरितालिका तीजको शुभकामनासहित नयाँ तीज गीत केराको पात यूटुबमार्फत बजारमा सार्वजनिक भएको हो ।आफूलाई लोक गायक भन्न रुचाउने खातीले अन्य खालका गीत गाइसकेको हुनाले यो वर्ष पनि महिलाको विशेष पर्व तीजको अवसरलाई परेर तीज गीत बजारमा ल्याउने जानकारी दिनुभयो । मार्मिक शब्द र रोमाञ्चक सङ्गीत भएको हुँदा सङ्गीतप्रेमीले सो गीतबाट भरपुर मनोरञ्जन लिने विश्वास गायक खातीले गर्नुभएको छ ।

गायक खातीले यसअघि मूलको पानीले, ओ के छ त, बीउ खायो कीरैलेजस्ता गीत गाइसक्नुभएको छ । तीज गीतमा बजाइदेउ मादालु, नाचौँ घमीघुमी, कपालमा कलरजस्ता दर्जनाँै गीत गाइसक्नुभएको छ ।रमाइलो विषयवस्तुमा निर्माण गरिएको उक्त गीतमा छायाङ्कन सुरेश श्रेष्ठले गर्नुभएको हो भने सम्पादन प्रकाश धमलाले गर्नुभएको हो । शिरिष देवकोटाको लय, शब्दभित्र अनुबन्धित गीतको म्युजिक भिडियोको गोरखा चौतारी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?