केही तत्वले आन्दोलनलाई उत्तेजक बनाउन खोजे : सरकार

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र ९, २०७५
|
|
५२ पटक हेरिएको
Shares
केही तत्वले आन्दोलनलाई उत्तेजक बनाउन खोजे : सरकार

सारांश

  • काठमाडौं ।
  • सरकारले कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका विषयमा भएको आन्दोलनमा केही तत्वले आन्दोलनलाई उत्तेजक बनाउन खोजेको निश्कर्ष निकालेको छ ।
  • शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्दोलन उत्तेजक बनाउन खोजेको निश्कर्ष निकाल्दै बालिका बलात्कारमा संलग्न दोषीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।

काठमाडौं । सरकारले कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका विषयमा भएको आन्दोलनमा केही तत्वले आन्दोलनलाई उत्तेजक बनाउन खोजेको निश्कर्ष निकालेको छ ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्दोलन उत्तेजक बनाउन खोजेको निश्कर्ष निकाल्दै बालिका बलात्कारमा संलग्न दोषीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।

शुक्रबार बेलुकी एक्कासी आन्दोलन उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो । शुक्रबार कन्चनपुरमा प्रहरीले गोली चलाउँदा १४ वर्षीय सनी खुनाको मृत्यु समेत भैसकेको छ ।

बैठकले घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन भइसकेको परिप्रेक्ष्यमा केही तत्वले परिस्थितिलाई उत्तेजक बनाउन खोजेको भन्दै सरकारले खेद समेत व्यक्त गरेको छ।

हत्यारालाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाएको छ। पन्तका हत्यारालाई कारवाहीको माग गर्दै मंगलबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा स्थानीयले आन्दोलन गरिरहेका छन् ।

घटनाप्रति सरकार संवेदनशील रहेको र दोषीलाई कार्वाहीको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता रहेको सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए। प्रवक्ता बास्कोटाका अनुसार आन्दोलन स्थगित गरेर छानविनमा सघाउन मन्त्रिपरिषदले कञ्चनपुरवासीलाई आग्रह समेत गरेको छ।

भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त साउन १० गतेदेखि वेपत्ता थिईन्। साउन ११ गते उनको शव एक उखुबारीमा फेला परेको थियो। उनलाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज ७४३ जना कोरोना संक्रमित थपिए
आज ७४३ जना कोरोना संक्रमित थपिए
नेपालसँग मलेशिया पराजित
नेपालसँग मलेशिया पराजित
प्रहरी महानिरीक्षक प्रकाश अर्याल अचानक किन पुगे दाङ ?
प्रहरी महानिरीक्षक प्रकाश अर्याल अचानक किन पुगे दाङ ?
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
३ शिशुसहित बालबालिका गरी कुल ६८ यात्रु, यी चारजना थिए चालक दलका सदस्य
३ शिशुसहित बालबालिका गरी कुल ६८ यात्रु, यी चारजना थिए चालक दलका सदस्य
८७८ दिन १२ घण्टा अन्तरिक्षमा बसेर नयाँ कीर्तिमान
८७८ दिन १२ घण्टा अन्तरिक्षमा बसेर नयाँ कीर्तिमान
राष्ट्रको आर्थिक समृद्धिमा सघाउने प्रतिबद्धता
राष्ट्रको आर्थिक समृद्धिमा सघाउने प्रतिबद्धता
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा, अाफ्नै पसलमा काम गर्नेलाइ चिन्दिन भनेपछि..
इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा, अाफ्नै पसलमा काम गर्नेलाइ चिन्दिन भनेपछि..
एलिनाले रुँदै बनाइन् भिडिओ, सत्य घटना कि भाइरल हुन रचिएको नाटक ?
एलिनाले रुँदै बनाइन् भिडिओ, सत्य घटना कि भाइरल हुन रचिएको नाटक ?

तपाईंले छुटाउनुभयो कि?