के के पाउँदै छन् त आज बिदा हुने सांसदले ?

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन २८, २०७४
|
|
४६ पटक हेरिएको
Shares
के के पाउँदै छन् त आज बिदा हुने सांसदले ?

सारांश

  • काठमाडौं : संसद्को कार्यकाल समाप्त भएपछि संसद् सचिवालयले शनिबार सांसदहरूको बिदाइ गर्ने भएको छ ।
  • संसद्को अन्तिम बैठक शुक्रबार बसेको थियो ।
  • संसद् सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार प्रधानमन्त्रीसहित दलका शीर्ष नेता र सभामुखले सम्बोधन गर्न शनिबार बैठक बस्ने, फोटो सेसन गर्ने र साँझ रात्रिभोजसहित सांसदको बिदाइ गरिने भएको छ ।

काठमाडौं : संसद्को कार्यकाल समाप्त भएपछि संसद् सचिवालयले शनिबार सांसदहरूको बिदाइ गर्ने भएको छ । संसद्को अन्तिम बैठक शुक्रबार बसेको थियो ।संसद् सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार प्रधानमन्त्रीसहित दलका शीर्ष नेता र सभामुखले सम्बोधन गर्न शनिबार बैठक बस्ने, फोटो सेसन गर्ने र साँझ रात्रिभोजसहित सांसदको बिदाइ गरिने भएको छ ।

०७२ असोज ३ मा संविधान जारी गरेपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठकले भाषा आयोग, प्रदेश प्रमुखको पारि श्रमिक तथा संविधानसम्बन्धी विधेयक पारित गरेको थियो । चिकित्सा शिक्षा विधेयक र राष्ट्रियसभा निर्वाचन विधेयकमा दलबीच सहमति जुट्न नसकेपछि दुईवटै विधेयक अलपत्र पर्ने भएका छन् ।

संसद्को आयु समाप्त भए पनि अध्यादेशमार्फत यी विधेयक ल्याउने बाटो सरकार खुला छ ।संसद्को कार्यकाल समाप्त हुन लागेपछि दलका नेताले सांसदहरूको सम्मानमा कार्यक्रम गर्नुपर्ने प्रस्ताव सभामुख ओनसरी घर्तीमगरसमक्ष गरेका थिए । कार्यव्यवस्था परामर्श समितिको शुक्रबार बिहान बसेको बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्न शनिबार बैठक बस्ने तर कुनै पनि कार्यसूची नराख्ने, फोटो सेसन गर्ने र साँझ रात्रिभोज गर्ने सहमति भएको थियो।

संविधानको व्यवस्थाअनुसार माघ ७ सम्म संसद्को कार्यकाल रहे पनि त्यसअघि नै प्रतिनिधिसभाको निर्वाचन हुने भएकाले संसद्को कार्यकाल समाप्त भएको हो । संविधानले मनोनयनको अघिल्लो दिनसम्म मात्र संसद् रहने व्यवस्था गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारको सूची बुझाउने दिन आइतबार तोकेको छ ।

सांसदले के पाउँदै छन् ?
कार्यकाल सकिएका सांसदले ‘संविधानसभा सदस्य’को पहिचानसहितको विशिष्ट लोगो पाउने भएका छन् । पहिलो र दोस्रो संविधानसभाका सबै सदस्यलाई लोगो दिइने संसद् सचिवालयले जनाएको छ ।तर, पूर्वसभासद्हरूले मागेका अन्य सुविधा भने नपाउने भएका छन् । उनीहरूले सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्योपचार हुनुपर्ने, बहालवाला सांसदसमान मर्यादाक्रम हुनुपर्ने र विशिष्ट लोगो दिनुपर्ने माग गरेका थिए । तर, कानुनी आधारविना पूर्वसभासद्हरूलाई सुविधा दिन नसकिने भन्दै संसद सचिवालयले लोगो मात्र दिन सक्ने अडान राखेको थियो ।

संविधानसभा एक पटक मात्र गठन हुने र संविधान जारी गर्न सफल भएकाले संसद् सचिवालयले विशिष्ट लोगो प्रदान गर्न लागेको सचिवालयका प्रवक्ता गौतमले बताए । सांसदले कार्यकाल सकिएपछि पनि बाटोखर्चबापत एक महिनाको तलब पाउने भएका छन् । विगतमा पनि कार्यकाल समाप्तिपछि सांसदलाई यस्तो सुविधा दिने गरिएको संसद् सचिवालयले जनाएको छ ।

अन्नपूर्णपोष्ट बाट !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/
अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/
गायक छिरिङ भुटियाको याद सार्वजनिक
गायक छिरिङ भुटियाको याद सार्वजनिक
विप्लव समूहद्वारा नेपाली सेनाका जवान अपहरित, किन गुपचुप राखियो ?
विप्लव समूहद्वारा नेपाली सेनाका जवान अपहरित, किन गुपचुप राखियो ?
विश्वास गर्न कठिन छ, तर घटना सत्य हो, तपाइँ पनि सचेत रहनुस्
विश्वास गर्न कठिन छ, तर घटना सत्य हो, तपाइँ पनि सचेत रहनुस्
कर्मचारीको भत्ता साँच्चिकै घट्ला त!
कर्मचारीको भत्ता साँच्चिकै घट्ला त!
यिनै हुन काम सकेर घर फर्किदै गरेको प्रहरी जवान नरेन्द्र कुँवरलाई हत्या गर्नेहरु
यिनै हुन काम सकेर घर फर्किदै गरेको प्रहरी जवान नरेन्द्र कुँवरलाई हत्या गर्नेहरु
सलमानले च्यानलसँग गरे ४०३ करोडको डिल, पछिल्लो वर्षको तुलनामा सय करोड वृद्धि
सलमानले च्यानलसँग गरे ४०३ करोडको डिल, पछिल्लो वर्षको तुलनामा सय करोड वृद्धि
धुर्मुसले गरे अर्को मनछुने काम : ६ महिनादेखि थलिएकी रत्नेदेवीलाई अस्पताल पुर्याए
धुर्मुसले गरे अर्को मनछुने काम : ६ महिनादेखि थलिएकी रत्नेदेवीलाई अस्पताल पुर्याए
अरुण चौधरीसँग थालियो बयान, भने- नियमविपरीत भए जग्गा फिर्ता गर्छु
अरुण चौधरीसँग थालियो बयान, भने- नियमविपरीत भए जग्गा फिर्ता गर्छु
गगन थापाले गरे गठबन्धनबारे नयाँ खुलासा
गगन थापाले गरे गठबन्धनबारे नयाँ खुलासा

तपाईंले छुटाउनुभयो कि?