कैलालीमा ७७ उम्मेदवारको धरौटी जफत

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष १, २०७४
|
|
६६ पटक हेरिएको
Shares
कैलालीमा ७७ उम्मेदवारको धरौटी जफत

सारांश

  • कैलाली, पुस १ – कैलालीमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ७७ जना उम्मेदवारको धरौटी जफत भएको छ ।
  • प्रतिनिधिसभा चुनावमा सहभागी ४३ जना उम्मेदवार मध्ये ३० जनाको जमानत जफत भएको छ ।
  • जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रीय जनता पार्टी बाहेक सबै राजनीतिक दलका उम्मेदवारको जमानत जफत भएको हो ।

कैलाली, पुस १ – कैलालीमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ७७ जना उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधिसभा चुनावमा सहभागी ४३ जना उम्मेदवार मध्ये ३० जनाको जमानत जफत भएको छ । जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रीय जनता पार्टी बाहेक सबै राजनीतिक दलका उम्मेदवारको जमानत जफत भएको हो ।

केही निर्वाचन क्षेत्रमा भने राष्ट्रीय जनता पार्टीको पनि जमानत जफत भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेससँगै कारागारबाटै उम्मेदवारी दर्ता गराउनुभएका राष्ट्रीय जनता पार्टीका लक्ष्मण चौधरीले पनि जमानत जोगाएका छन् । तर विवेकशील साझा पार्टी, राष्ट्रीय जनमोर्चा, संघीय समाजवादी फोरम, नेपाल मजदुर किसान पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र राष्ट्रिय जनमुक्ती पार्टीले जमानत जोगाउन सकेका छैनन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा ७ जनाको जमानत जफत भएको छ । जसमा स्वतन्त्र उम्मेदवारी दिएका सञ्जीव भट्टराई, तिलकबहादुर भण्डारी, नेपाल मजदुर किसान पार्टी र नेपाल दलित पार्टीले भने एक सय मत पनि कटाउन सकेका छैनन् । कैलाली १ मा राष्ट्रिय जनता पार्टीको अप्रत्यासीत सफलताले धेरै दलहरुलाई जमानत जोगाउन मुश्किल पारेको हो । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा पनि स्वतन्त्र उम्मेदवारी दिनुभएकी गीता राणा क्षेत्रीको पनि जमानत जफत भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
कर्णाली प्रदेशः मुख्यमन्त्रीको कार्यालयमा गुनासा बढी
कर्णाली प्रदेशः मुख्यमन्त्रीको कार्यालयमा गुनासा बढी
साथीहरुसँगै खेल्दाखेल्दै बाटोमा फालिएको विषादी खाएपछि बालकको ज्यान गयो
साथीहरुसँगै खेल्दाखेल्दै बाटोमा फालिएको विषादी खाएपछि बालकको ज्यान गयो
ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने
ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने
समयमै काम नगर्नेको ठेक्का रुद्द गर्दै ऊर्जा मन्त्रालय
समयमै काम नगर्नेको ठेक्का रुद्द गर्दै ऊर्जा मन्त्रालय
तीन महिनामा २३ लागुऔषधसम्बन्धी मुद्दा
तीन महिनामा २३ लागुऔषधसम्बन्धी मुद्दा
प्रधानमन्त्रीबाट ओलीलाई हटाउने षड्यन्त्र भएकै हो त ?
प्रधानमन्त्रीबाट ओलीलाई हटाउने षड्यन्त्र भएकै हो त ?
दुई नम्बर प्रदेशमा वाम गठवन्धनको खाता खुल्यो
दुई नम्बर प्रदेशमा वाम गठवन्धनको खाता खुल्यो
नेपाली सेनका जम्दार पक्राउ
नेपाली सेनका जम्दार पक्राउ
युवासंघको नवौँमहाधिवेशनको  नारा‘‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान
युवासंघको नवौँमहाधिवेशनको नारा‘‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान

तपाईंले छुटाउनुभयो कि?