कोरोना रोकथाम र नियन्त्रणको लागि भारतले नेपाललाई सहयोग घोषणा गर्दै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र ६, २०७६
|
|
४८ पटक हेरिएको
Shares
कोरोना रोकथाम र नियन्त्रणको लागि भारतले नेपाललाई सहयोग घोषणा गर्दै

सारांश

  • काठमाडौं, ६ चैत्र ।
  • भारत सरकारले नेपाललाई विशेष सहयोग घोषणा गर्ने भएको छ ।
  • नेपाल सरकारका उच्च अधिकारीहरुका अनुसार विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नेपालमा नभित्रियोस भनेर तयारी गर्नको लागि र भित्रीहाले त्यसको रोकथाम र नियन्त्रणको लागि भारतले सहयोग राशि घोषणा गर्न लागेको हो ।

काठमाडौं, ६ चैत्र । भारत सरकारले नेपाललाई विशेष सहयोग घोषणा गर्ने भएको छ । नेपाल सरकारका उच्च अधिकारीहरुका अनुसार विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नेपालमा नभित्रियोस भनेर तयारी गर्नको लागि र भित्रीहाले त्यसको रोकथाम र नियन्त्रणको लागि भारतले सहयोग राशि घोषणा गर्न लागेको हो ।

एक उच्च अधिकारीले भने,‘भारतले आज वा भोलि जुनसुकै बेला नेपाललाई सहयोग घोषणा गर्नसक्छ, त्यसको लागि भारतले तयारी गरिरहेको कुरा हाम्रो जानकारीमा आएको छ । नेपालमा कोरोना नियन्त्रण तथा रोकथामको लागि कुनैपनि बेला भारतले सहयोग घोषणा गर्नसक्छ । आज, भोलि वा पर्सी । यसको लागि भारतले गृहकार्य गरिरहेको छ ।

नेपाल सरकारले विश्वव्यापी रूपमा फैलिरहेको कोभिड(१९ संक्रमणको जोखिम हुन नदिन बिहीबार सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) सहितका विभिन्न परीक्षा स्थगित गरेको छ। सरकारले जोखिम बढ्न नदिन पूर्वसावधानी तीव्र बनाउँदै चैत ७ गतेदेखि युरोपसहितका विभिन्न देशबाट नेपाल आउन रोक लगाउने निर्णयसमेत गरेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वमा संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले पूर्वसावधानी अपनाउन दर्जनभन्दा बढी निर्णय लिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले बिहीबारबाट सुरु हुन लागेको एसइई परीक्षा पनि स्थगित गर्न निर्देशन दिएका हुन्।

पोखरेल नेतृत्वको समितिले एसइईको तयारी पूरा भएको जनाउँदै त्यसबाहेक स्कुल र क्याम्पसको पठनपाठन चैत महिनाभरि बन्द गर्ने निर्णय गरेको थियो। तर प्रधानमन्त्री ओलीले विश्वमै कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै पूर्वसावधानी अपनाउन सबै तहका परीक्षा रोक्न निर्देशन दिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोडफोडमै उत्रिए रवि लामिछानेका समर्थक
तोडफोडमै उत्रिए रवि लामिछानेका समर्थक
महाभारतको युद्धमा पाँच गोप्य रहस्य
महाभारतको युद्धमा पाँच गोप्य रहस्य
अज्ञात रोगले विद्यार्थी बिरामी
अज्ञात रोगले विद्यार्थी बिरामी
अर्थमन्त्री खतिवडालाई ओली आफैले यसकारण छाने…
भारतमा एकैदिन झण्डै २० हजार कोरोना सङ्क्रमित
भारतमा एकैदिन झण्डै २० हजार कोरोना सङ्क्रमित
पोखराको आन्दोलनले रवि नछुट्ने निश्चित भएपछि काठमाडौं केन्द्रीत भयो रास्वपा, भोलि माइतीघर मण्डलामा जम्मा हुन उर्दी
पोखराको आन्दोलनले रवि नछुट्ने निश्चित भएपछि काठमाडौं केन्द्रीत भयो रास्वपा, भोलि माइतीघर मण्डलामा जम्मा हुन उर्दी
खुल्ला प्रतिस्पर्धाबाट उम्मेदबार छान्ने हो भने पैसा र शक्तीकेन्द्रको पछि लाग्नु पर्दैन : नीकिता पौडेल
खुल्ला प्रतिस्पर्धाबाट उम्मेदबार छान्ने हो भने पैसा र शक्तीकेन्द्रको पछि लाग्नु पर्दैन : नीकिता पौडेल
वातावरण विभागले प्रदूषण जाँच गर्ने उपकरण जडान गर्ने  तयारी
वातावरण विभागले प्रदूषण जाँच गर्ने उपकरण जडान गर्ने तयारी
आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै
आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै
कोरोना महामारी : इटालीमा मृत्युदर घटेन, अमेरिका अर्को इपिसेन्टर हुन सक्ने
कोरोना महामारी : इटालीमा मृत्युदर घटेन, अमेरिका अर्को इपिसेन्टर हुन सक्ने

तपाईंले छुटाउनुभयो कि?