कोरोना संक्रमित थपिए यी १२ जिल्लामा, ज्यान गुमाउने संख्या पुग्यो ६

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १६, २०७७
|
|
३९ पटक हेरिएको
Shares
कोरोना संक्रमित थपिए यी १२ जिल्लामा, ज्यान गुमाउने संख्या पुग्यो ६

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौँ । नेपालमा शुक्रबार थप १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, सर्लाहीका ५, म्याग्दीका १, बाँकेका १०, कपिलवस्तुका ५१, नवलपरासीका २, रौतहटका ५६, रुपन्देहीका १ र दाङमा २ जना गरी कुल १७० जना संक्रमित थपिएका हुन्। उनीहरु मध्य १६५ जना पुरुष र ५ जना महिला छन्।

योसँगै नेपालमा कोरोना भाइरसका कुल संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ। तीमध्य २०६ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने अहिले सम्म कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ। अर्घाखाँचीका एक युवकको भारतबाट नेपाल आउने क्रममा मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको हो। कोरोना भाइरस संक्रमित जिल्लाको संख्या पनि ५२ पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?