क्यानडाबाट एनआरएनए महिला संयोजकमा गायिका देविका केसीको उम्मेदवारी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन २, २०८०
|
|
६० पटक हेरिएको
Shares
क्यानडाबाट एनआरएनए महिला संयोजकमा गायिका देविका केसीको उम्मेदवारी

सारांश

  • क्यानडा।
  • गैर आवासीय नेपाली संघ (एनआरएनए) को अक्टोबर महिनामा हुने महाधिवेशनमा चर्चित लोक गायिका देविका केसीले महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
  • एनआरएनए एनसिसी कतारको उपाध्यक्षपछि हाल क्यानडालाई कर्मथलो बनाएकी केसीले प्रवासमा लोक सङ्गितको माध्यमबाट नेपाली कला संस्कृति प्रवर्दनमा महत्वपूर्ण भूमिका खेल्दै आएकी छन्।

क्यानडा। गैर आवासीय नेपाली संघ (एनआरएनए) को अक्टोबर महिनामा हुने महाधिवेशनमा चर्चित लोक गायिका देविका केसीले महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

एनआरएनए एनसिसी कतारको उपाध्यक्षपछि हाल क्यानडालाई कर्मथलो बनाएकी केसीले प्रवासमा लोक सङ्गितको माध्यमबाट नेपाली कला संस्कृति प्रवर्दनमा महत्वपूर्ण भूमिका खेल्दै आएकी छन्।

एनआरएनएले संचालन गरेका विभिन्न परियोजनाहरुमा सक्रिय सहभागी भएर काम गरेकी केसी नेपाली समुदायले गर्ने हरेक जसो कार्यक्रममा मनोरन्जन दिन पुग्ने गरेकी छन्। विदेशमा बस्ने नेपाली महिला दिदीबहिनीहरुलाई जागृत गर्दै आएकी केसी डायस्पोरामा गायिकासँगै सामाजिक अभियन्ताका रुपमा चर्चा कमाएकी महिला अभियन्ता हुन्।

उनले नेपाल र विश्वमा रहेका र समस्यामा परेका कलाकर्मीहरुलाई सहयोग जुटाउने अभियान चलाउने, महिला, बालबालिका, असक्त बिरामीहरुलाई सहयोग गर्दै आएकि छन्। गैर आवासीय नेपाली संघ कतारको महिला उपाध्यक्ष र आइसिसी सदस्य हुँदै यस अभियानमा निरन्तर सक्रिय केसी हाल क्यानडाको नेपाली समुदायमा सामाजिक कार्यमा सक्रिय रहेकी छन्।

केसीले आगामी महाधिवेसनमा एनआरएनए अभियन्ताहरु र प्रतिनिधिहरुको सुझावअनुसार संघभित्र महिला नेतृत्वलाई सशक्त बनाउने उदेश्यले अन्तराष्ट्रिय महिला संयोजकमा उम्मेदवारी दिएको बताइन्।

लामो समयबाट विदेशमा रहेका महिला दिदीबहिनीहरुका सुख दुःखको साक्षी र एनआरएन अभियानलाई नजिकबाट बुझेकोले महिला संयोजकमा आफु उपयुक्त व्यक्ती भएकोले उम्मेदवारी दिएको बताउँछिन्।

विश्वका विभिन्न देशमा सामाजिक क्षेत्रमा क्रियाशील महिलाहरु र अन्य एनआरएन अभियन्ताहरुको सल्लाह सुझाव अनुसार आफुले उम्मेद्बारी घोषणा गरेकोले महिला संयोजक पदमा आफुलाई समर्थन गर्न सबै एनआरएनए अभियन्ताहरुलाई अनुरोध गरेकी छन्। केसीले अहिलेसम्मको माहोल हेर्दा आफ्नो विजय निश्चित भएको दाबी गर्छिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
सिरहामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
गृहजिल्लामा पछाडी परे शेरबहादुर, ४ सय ६६ मतले भट्ट अगाडी
गृहजिल्लामा पछाडी परे शेरबहादुर, ४ सय ६६ मतले भट्ट अगाडी
‘राम्रा काम गर्न सरकारको नै मुख ताक्नुपर्छ भन्ने छैन: रक्षामन्त्री  पोखरेल
‘राम्रा काम गर्न सरकारको नै मुख ताक्नुपर्छ भन्ने छैन: रक्षामन्त्री पोखरेल
साग महिला फुटबल : नेपाललाई घरेलु मैदानमा स्वर्ण जित्ने अवसर
साग महिला फुटबल : नेपाललाई घरेलु मैदानमा स्वर्ण जित्ने अवसर
कोरोना संक्रमितको संख्या ३० लाख ६० हजार नाघ्यो
कोरोना संक्रमितको संख्या ३० लाख ६० हजार नाघ्यो
एमाले भक्तपुरबाट उम्मेदवारको नामावली सिफारिस , पुर्बमन्त्रि महेश बस्नेत सर्बसम्मत ।
एमाले भक्तपुरबाट उम्मेदवारको नामावली सिफारिस , पुर्बमन्त्रि महेश बस्नेत सर्बसम्मत ।
आइतबारको राशिफल
आइतबारको राशिफल
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
संघीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री दाहाल
संघीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री दाहाल
लेखनाथ महानगरपालिकाको प्रमुख पदमा काँग्रेसका रामजी कुँवरलाई विजयी गराउने माओवादी केन्द्रको प्रतिबद्धता !

तपाईंले छुटाउनुभयो कि?