क्रिप्टोकरेन्सी : अमित श्रेष्ठले ३३ करोड बढी विदेशी मुद्राको कारोबार गरेको खुलासा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १०, २०७९
|
|
४६ पटक हेरिएको
Shares
क्रिप्टोकरेन्सी : अमित श्रेष्ठले ३३ करोड बढी विदेशी मुद्राको कारोबार गरेको खुलासा

सारांश

  • डिजिटल फरेन्सिक ल्याबमा उनको ल्यापटप र मोबाइल परीक्षण गर्दा ३३ करोड ९ लाख २१ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा कारोबार गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
  • सो रकम तथा कारोबार शंकास्पद देखिएकाले श्रेष्ठलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–२०७३ को कसुरमा अनुसन्धान शुरु गरिएको परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
  • यसअघि प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा हिरासतमा राखेको थियो ।

डिजिटल फरेन्सिक ल्याबमा उनको ल्यापटप र मोबाइल परीक्षण गर्दा ३३ करोड ९ लाख २१ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा कारोबार गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सो रकम तथा कारोबार शंकास्पद देखिएकाले श्रेष्ठलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–२०७३ को कसुरमा अनुसन्धान शुरु गरिएको परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । यसअघि प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा हिरासतमा राखेको थियो ।

अष्ट्रेलियाको कमन वेल्थ बैंक, रोयल बैंक अफ क्यानडा र नेपालको नबिल बैंकमा उनले डलर कारोबार गरेको फरेन्सिक परीक्षणबाट देखिएको छ । कारोबार भएका अधिकांश रकम अमेरिकी डलर भएको बताइएको छ । राष्ट्र बैंकको अनुमति बिना विदेशी विनिमयसम्बन्धी कारोबार गर्न नपाउने कानुनी व्यवस्था छ ।

प्रहरीले उनलाई बैंक तथा वित्ति संस्था सम्बन्धी ऐन–२०७३ (१०३) को ‘ग’ र ‘घ’ सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ । सो ऐनको ‘ग’मा बैंकिङ्ग तथा वित्तीय कारोबार गर्ने इजाजतपत्रको शर्त सीमा विपरित हुने गरी बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न नहुने र ‘घ’ मा इजाजत बिना विदेशी विनिमयसम्बन्धी कारोबार गर्न नपाउने व्यवस्था छ ।

काठमाडौं महानगरपालिका–१४ कलंकीका साथै लाजिम्पाटमा उनको जग्गा र पानीपोखरीमा अपार्टमेन्ट छ । सो सम्पत्तिको बजार मूल्य ४ करोड भन्दा बढी हुने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी वरिष्ठ नेताले गरे नेकपाकाे सचिवालय बैठक बहिस्कार
यी वरिष्ठ नेताले गरे नेकपाकाे सचिवालय बैठक बहिस्कार
प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत र वडाध्यक्षमा २.९१ प्रतिशत मात्र महिला उम्मेदवार
प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत र वडाध्यक्षमा २.९१ प्रतिशत मात्र महिला उम्मेदवार
वाइड बडी विमान: ‘नक्कली लालपुर्जा’ को सक्कली कथा’
वाइड बडी विमान: ‘नक्कली लालपुर्जा’ को सक्कली कथा’
घट्यो सुन तोलामा रु ५००
घट्यो सुन तोलामा रु ५००
हिमाली बौद्ध धर्मावलम्वीले मनाउने सागा दावा के हो ?
हिमाली बौद्ध धर्मावलम्वीले मनाउने सागा दावा के हो ?
राज्यमन्त्री चपाईंले लिइन् शपथ
राज्यमन्त्री चपाईंले लिइन् शपथ
ललितपुर प्रशासनले राष्ट्रिय परिचयपत्र वितरणमा सुरु गर्‍यो ‘टाइम कार्ड’
ललितपुर प्रशासनले राष्ट्रिय परिचयपत्र वितरणमा सुरु गर्‍यो ‘टाइम कार्ड’
३३ किलाे सुन प्रकरण:  चूडामणि उप्रेती‘गोरे’ अाउने गाडिमा सनमकाे शव अाएपछी…
३३ किलाे सुन प्रकरण: चूडामणि उप्रेती‘गोरे’ अाउने गाडिमा सनमकाे शव अाएपछी…
उदयपुर जिल्ला अस्पतालको बेतिथी:तीन महीनादेखी प्रसूति सेवा उपचारविहीन
उदयपुर जिल्ला अस्पतालको बेतिथी:तीन महीनादेखी प्रसूति सेवा उपचारविहीन
दार्चुलामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
दार्चुलामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

तपाईंले छुटाउनुभयो कि?