क्वाड सम्मेलनमा भाग लिन मोदी जापानमा

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ ९, २०७९
|
|
५५ पटक हेरिएको
Shares
क्वाड सम्मेलनमा भाग लिन मोदी जापानमा

सारांश

  • एजेन्सी, ९ जेठ ।
  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदी क्वाड सम्मेलनमा सहभागी हुन जापान पुगेका छन् ।
  • उनी आज विहान जापान पुगेका हुन् ।

एजेन्सी, ९ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी क्वाड सम्मेलनमा सहभागी हुन जापान पुगेका छन् । उनी आज विहान जापान पुगेका हुन् ।

जापानका प्रधानमन्त्री फुमियो किसिडाको निमन्त्रणमा टोकियो पुगेका मोदी मङ्गलबार क्वाड सम्मेलनमा सहभागी हुनेछन् । उनले जापानमा रहेका प्रवासी भारतीय र जापानका व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

मोदीले जापान जानुअघि क्वाडका नेताहरुले आपसी हितका विषयमा छलफल गर्ने बताएका छन् । क्वाड नेताहरुको जापानमा हुन लागेको सम्मेलन चौंथो हो । क्वाड अमेरिका, जापान, भारत र अष्ट्रेलियाको सैन्य रणनीतिक संगठन हो ।

बुद्धमार्गी बहुसंख्यक रहेको जापान जानुअघि मोदी लुम्बिनीको भ्रमणमा आएका थिए । उनले लुम्बिनीमा बुद्ध जन्मस्थानमा प्रार्थना समेत गरेका थिए ।

(https://www.echelon.health/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?