खडेरीले खेतीयोग्य जमीन बाँझै

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन १३, २०७५
|
|
३९ पटक हेरिएको
Shares
खडेरीले खेतीयोग्य जमीन बाँझै

सारांश

  • बैतडी, १३ फागुन,लगातारको खडेरीले बैतडीका थुप्रै फाँटहरु बाँझै छन् ।
  • हिउँदे वर्षा नभएकाले गएको चार वर्षयता यहाँका किसानले हिउँदेबाली लगाउन पाएका छैनन् ।
  • पञ्चेश्वर गाउँपालिका वडा नं ३ का बलराम तिरुवाले समयमै हिउँदे वर्षा नहुँदा खेत बाँझै छोड्नुपरेको बताउनुभयो ।

बैतडी, १३ फागुन,लगातारको खडेरीले बैतडीका थुप्रै फाँटहरु बाँझै छन् । हिउँदे वर्षा नभएकाले गएको चार वर्षयता यहाँका किसानले हिउँदेबाली लगाउन पाएका छैनन् ।

पञ्चेश्वर गाउँपालिका वडा नं ३ का बलराम तिरुवाले समयमै हिउँदे वर्षा नहुँदा खेत बाँझै छोड्नुपरेको बताउनुभयो । सिँचाइको सुविधा नभएका ठाउँमा हिउँदको समयमा खेत बाँझै छोड्नुपर्ने बाध्यता यहाँका किसानलाई छ । पञ्चेश्वरको वडा नं १, २, ३, ४ र ६ मा अधिकँंश खेत बाँझै रहेका पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो ।

यसैगरी, शिवनाथ गाउँपालिकाका अधिकांश खेतहरु पनि सिँचाइको अभावमा बाँझै रहेका गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो । गाउँपालिकाका उच्च भू–भागमा सिँचाइ हुँदैन । बैतडीमा १५ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा छैन । यो खेतीयोग्य जमीनको आधा हिस्सा हो । हिउँदमा खेतीपाती नहुँदा स्थानीय बासिन्दा रोजगारीका लागि भारत पस्छन् । सिँचाइ सुविधा नभएर अधिकाँश किसानलाई आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ ।

भिरालो जमीनमा ओसिलोपन नभएर लगाइएका सबै अन्नबाली सुक्ने भएकाले हिउँदमा किसानका खेतबारी बाँझै रहने गरेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दले बताउनुभयो । केहीले व्यक्तिगत रुपमा पाइप खरिद गरी सिँचाइ गरे पनि अधिकाँश किसानका खेतबारी सिञ्चन हुँदैन । आकाशे पानीको भरमा खेती गर्दा बीऊ नै नउम्रिने हुन्छ । सिँचाइ सुविधा भएका ठाउँमा किसानले बर्खेबाली र हिउँदेबालीका साथै बेमौसमी तरकारीबालीसमेत लगाउने गरेका छन् । खेतीयोग्य जमीन पर्याप्त भए पनि सिँचाइको अभावमा बाँझै राख्नुपर्ने बाध्यतामा यहाँका किसान छन् ।

सिँचाइ हुन नसक्ने ठाउँमा खडेरीले प्रभाव पार्ने गरेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो । जिल्लामा २५ हजार ५०० हेक्टर खेतीयोग्य जमीन भए पनि त्यसमध्ये १० हजार हेक्टर जतिमा मात्रै सिँचाइको सुविधा भएको उहाँले बताउनुभयो । खडेरीका कारण उत्पादन कम भएपछि तराईबाट खाद्यान्न आयात गर्नुपर्छ जिल्लावासीलाई ।
विकल्पमा फलफूल खेती
खडेरीले खेत बाँझै हुने समस्यासँग जुझ्न यहाँका किसानले विकल्पमा फलफूल खेती गर्न थालेका छन् । पञ्चेश्वर गाउँपालिकाले किसानलाई फलफूलका बिरुवा वितरण गर्न थालेको छ । किसानलाई फलफूलबाट आत्मनिर्भर बनाउन प्रतिकिसान २० बिरुवाका दरले हिउँदे फलफूलका बिरुवा वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष चन्दले बताउनुभयो ।

ओखर, आरुबखडा, आरु लगायतका १० हजार बिरुवा वितरण गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । फलफूल खेतीबाट तत्कालै फाइदा लिन नसकिए पनि दीर्घकालमा फाइदा हुने भएकाले आफूहरुले निःशुल्क फलफूलका बिरुवा वितरण गर्न थालेको उहाँले बताउनुभयो । वर्षात्को समयमा बर्खे फलफूलका बिरुवा वितरण गर्ने गाउँपालिकाले जनाएको छ ।

व्यावसायिक रुपमा फलफूल खेती गर्न सके किसानहरु आत्मनिर्भर बन्ने सुख्खा फलफूल विकास केन्द्र सतबाँझका निमित्त प्रमुख चन्द्रबहादुर ठगुन्ना बताउनुहुन्छ ।

बादर आतङ्क पनि समस्या
बैतडी सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क फैलाउँदै आएको छ । दशरथचन्द नगरपालिकाको वडा नं ४, ५, ६, ७ र ८ मा बाँदरले आतङ्क फैलाएको स्थानीयवासी बताउँछन् ।

दशरथचन्द नगरपालिका वडा नं ५ का वडाध्यक्ष नारायणप्रसाद भट्ट बाँदर आतङ्ककै कारण स्थानीय बासिन्दा बसाइँ सर्न बाध्य भएको बताउनुहुन्छ । खेतमा लगाइएका बाली र फलेका फल मात्रै होइन पकाइएको खाना र अन्य सामान समेत बाँदरले लग्ने गर्दा नागरिक आजित छन् ।

दशरथचन्द नपा–८ त्रिपुराका हिम्मत चन्दले बाँदर आतङ्कले गर्दा स्थानीय बासिन्दाले खेतीपाती गर्न छोडेका बताउनुहुन्छ । वडा नं ५ का स्थानीयवासी डम्बर टमाटाले भन्नुभयो – “घरको एकजना दिनभरि घरमा बाँदर धपाउन कुरुवा बस्नुपर्छ ।”

समूहमा आउने बाँदरले यो याममा लाखौं रुपैयाँको सुन्तला, मौसम, अमिलो फल्ने यी क्षेत्रमा अहिले एकदाना पनि बाँकी नराखेको स्थानीय बासिन्दाले बताएका छन् ।

बाँदर नियन्त्रणका लागि दशरथचन्द नगरपालिका वडा नं ५ ले गतवर्ष डेढलाख बजेट समेत विनियोजन गरेको थियो । बाँदर विशेषज्ञ ल्याएर बाँदर धपाउने काम गरिए पनि फेरि गाउँमै बाँदर फर्केर आएका वडाध्यक्ष नारायण प्रसाद भट्टले बताउनुभयो । नगरपालिकाले तयार पारेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजनामा बाँदर आतङ्क पहिलो प्रकोपको रुपमा स्तरीकरण गरिएको छ ।

भारतको काशी तथा वाराणसीबाट ट्रक ल्याएर महाकाली नदीमा बाँदर छाडिएको र त्यसपछि जिल्ला सदरमुकाममा विस्तारै बाँदर आतङ्क बढेको स्थानीय बासिन्दाको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनरा काफ्लेलाई हृदयघात
नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनरा काफ्लेलाई हृदयघात
यि ३ मध्य कस्को पोल्टामा प्रधान न्यायाधीशको पद ?
यि ३ मध्य कस्को पोल्टामा प्रधान न्यायाधीशको पद ?
श्रीमतीसँग सम्बन्ध भएको आशंकामा हत्या,विदेशी साबुनले खुल्यो रहस्य !
श्रीमतीसँग सम्बन्ध भएको आशंकामा हत्या,विदेशी साबुनले खुल्यो रहस्य !
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको निधन
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको निधन
युरोपियन च्याम्पियन्स लिगः यस्तो छ नक आउट चरणको खेल तालिका
युरोपियन च्याम्पियन्स लिगः यस्तो छ नक आउट चरणको खेल तालिका
आज र भोलि उपत्यकाका विद्यालयमा पठनपाठन बन्द
आज र भोलि उपत्यकाका विद्यालयमा पठनपाठन बन्द
पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला
पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको   शिखर सम्बाद !
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको शिखर सम्बाद !
आलेख  गोरखा २ मा बाबुराम कि नारायणकाजी ?
आलेख गोरखा २ मा बाबुराम कि नारायणकाजी ?
प्रदेश २ मा मुख्यमन्त्री फोरमलाई दिने सहमति भएको छैन : यादव
प्रदेश २ मा मुख्यमन्त्री फोरमलाई दिने सहमति भएको छैन : यादव

तपाईंले छुटाउनुभयो कि?