गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी ,पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने.

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन ३०, २०७४
|
|
५५ पटक हेरिएको
Shares
गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी ,पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने.

सारांश

  • नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय कुमार गच्छदार १० वर्षपछि पुनः नेपाली कांग्रेसमै फर्किने भएका छन् ।
  • उनी नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम नै कांग्रेसमा मिसिन लागेको हो ।
  • आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रम गरी गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी गरे पनि राति अबेरसम्म वार्ता जारी रहेकाले रोकिएको स्रोतले बतायो ।

नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय कुमार गच्छदार १० वर्षपछि पुनः नेपाली कांग्रेसमै फर्किने भएका छन् ।

उनी नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम नै कांग्रेसमा मिसिन लागेको हो ।

आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रम गरी गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी गरे पनि राति अबेरसम्म वार्ता जारी रहेकाले रोकिएको स्रोतले बतायो ।

गच्छदारलाई पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने तयारी भएको छ । उपसभापति या महामन्त्रीमध्ये एक बनाउने तयारी भएको कांग्रेस स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले पनि आइतबार विशेष प्राविधिक कारणले रोकिएको बताउँदै सोमबार हुने जानकारी दिए ।

उनका अनुसार आज ११ बजे दुई पार्टीबीच एकता हुनेछ ।

२०६४ सालको संविधानसभा निर्वाचनभन्दा अघि कांग्रेस परित्याग गर्दै उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा प्रवेश गरेका गच्छदारले त्यसपछि पनि पार्टी फुटाएर आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरेका थिए ।

मधेस आन्दोलनको भावनाअनुसार कांग्रेस चल्न नसकेको भन्दै उनले पार्टी परित्याग गरेका थिए । त्यसभन्दा अघि उनी ३ पटकसम्म सुनसरीबाट नेपाली कांग्रेसको उमेदवारका रुपमा निर्वाचित भैसकेका छन् ।

सुनसरीको क्षेत्र नम्बर २ बाट उनी कांग्रेसका तर्फबाट २०४८, २०५१  र २०५६ सालको निर्वाचनमा विजयी भएका थिए । २०४८ सालदेखि लगातार चुनाव जित्ने नेतामा गच्छदार पनि पर्छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी फुटाउँदा कांग्रेस प्रजातान्त्रिकमा रहेका गच्छदार पछि कांग्रेसमै फर्किएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
विपद व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआओस् : उपप्रधानमन्त्री श्रेष्ठ
विपद व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआओस् : उपप्रधानमन्त्री श्रेष्ठ
सिके राउतलाई काट्ने धम्की दिएपछि बारा मतदान केन्द्रमा खैलाबैला
सिके राउतलाई काट्ने धम्की दिएपछि बारा मतदान केन्द्रमा खैलाबैला
एमालेको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित
एमालेको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित
मन्त्री परिषदको हिजोको निर्णय यस्तो छ
मन्त्री परिषदको हिजोको निर्णय यस्तो छ
बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न नेपाल सरकार आतुरः प्रधानमन्त्री ओली
महिला र बालबालिकाका मुद्दामा गम्भीर हुनु : आईजीपी
महिला र बालबालिकाका मुद्दामा गम्भीर हुनु : आईजीपी
जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग
जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग
गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री
गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री
प्रचण्डका प्रतिस्पर्धी विक्रम पाण्डेले गरे चुनावी कार्यक्रम स्थगित, वाम गठबन्धनको प्रचार पनि रोकियो
प्रचण्डका प्रतिस्पर्धी विक्रम पाण्डेले गरे चुनावी कार्यक्रम स्थगित, वाम गठबन्धनको प्रचार पनि रोकियो

तपाईंले छुटाउनुभयो कि?