यी हुन् भावी आइजिपीको लाइनका दुइजना, ११ एसएसपीको डिआइजी बढुवा
सारांश
- काठमाडौं, २१ असोज।
- नेपाल प्रहरीका ११ एसएसपीको डिआइजी बढुवामा सिफारिस भएको छ ।
- शनिबार गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बढुवामा सफारिस गरेको हो ।
काठमाडौं, २१ असोज। नेपाल प्रहरीका ११ एसएसपीको डिआइजी बढुवामा सिफारिस भएको छ । शनिबार गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बढुवामा सफारिस गरेको हो । भावी आइजिपीका रुपमा हेरिएका अधिकृतहरुको बढुवा सिफारिसमा केही हेरफेर भएको छ । बढुवा सिफारिस हुनेहरुमा विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुर ज्ञवाली, पूर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल छन् ।
त्यस्तै शैलश थापा क्षेत्री, हरिबहादुर पाल, निरज बहादुर शाही, प्रद्युम्न कार्की, हरिभक्त प्रजापती र सूर्य प्रसाद उपाध्याय छन् । सर्वेन्द्र खनालपछि अहिले बढुवा सिफारिस त्यसपछि ठाकुर ज्ञवाली र तारिणी लम्सालमध्ये एक ५ महिनाका लागि आइजिपी हुने छन् । सूर्य उपाध्याय पनि प्रतिस्पर्धामा रहेकोमा उनी ११ नम्बरमा धकेलिएका छन् । करिब डेढ वर्षपछि डिआइजीबाटै आइजिपी बढुवा हुने भएकाले पहिलो नम्बरका आधारमा ठाकुरै सम्भावना देखिएको छ ।
उनीहरुपछि शैलेश थापा क्षेत्रीको ब्याचबाट आइजिपी बढुवा हुने छ । आइजिपी सचिवालयका कार्यरत क्षेत्री नै पहिलो नम्बरमा सिफारिस भएका छन् । प्रद्युम्न कार्कीलाई पछि पार्दै दोस्रो नम्बरमा हरि पाल आएका छन् । तेस्रोमा निरज शाही तथा चौथो नम्बरमा प्रद्युम्न कार्की छन् ।
बढुवा सिफारिस उपर एक साताभित्र उजुरी गर्न सक्ने प्रावधान छ । तर उजुरी सुन्ने समितिले सिफारिस उल्टाउन सक्दैन ।
प्रतिक्रिया