प्रधानमन्त्रीले सम्बोधन गर्न खोज्दा कांग्रेसद्वारा रोष्ट्रम घेराउ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ ३, २०७६
|
|
३८ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले सम्बोधन गर्न खोज्दा कांग्रेसद्वारा रोष्ट्रम घेराउ

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लाग्दा रोष्ट्रम घेराउ गरेको छ।
  •  प्रधानमन्त्री ओली सम्बोधनका लागि गइसकेको अवस्थामा कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गरेका हुन्।
  •  यसअघि कांग्रेसले प्रधानमन्त्री ओलीभन्दा पहिला आफ्ना संसदीय दलका नेताले बोल्न पाउनु पर्ने माग गरेको थिए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लाग्दा रोष्ट्रम घेराउ गरेको छ। प्रधानमन्त्री ओली सम्बोधनका लागि गइसकेको अवस्थामा कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गरेका हुन्। यसअघि कांग्रेसले प्रधानमन्त्री ओलीभन्दा पहिला आफ्ना संसदीय दलका नेताले बोल्न पाउनु पर्ने माग गरेको थिए।

प्रतिनिधिसभा संसदमा मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि प्रतिपक्षी दलका मागका कारण ढिलाइ भएको थियो।

कांग्रेसले सभामुख कृष्णबहादुर महरालाई भेटेर संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीभन्दा पहिला बोल्न दिनुपर्ने माग गरेको थियो। कांग्रेसले अवरोध जारी राखेपछि सभामुखले बुधबारसम्मकालागि संसद बैठक स्थगित गरेका छन्।

यो पनि पढ्नुस्
काठमाडौंको समता अस्पतालभित्र महिला कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौंको कुमारीगालस्थित समता अस्पतालमा एक महिला कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले दिएको जानकारीअनुसार अस्पतालमै काम गर्ने रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङ मंगलबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

उनी अस्पतालका क्लिनर अर्थात् सफाइ कर्मचारी थिइन्। अस्पतालको प्यासेजमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको प्रवक्ता बोगटीले बताए।‘घटनाबारे अनुसन्धान सुरु गरेका छौं,’ अहिले घटनास्थलमा रहेका डीएसपी बोगटीले नेपालखबरसँग भने, ‘त्यसपछि मात्र घटनाको वास्तविकता बाहिर आउँछ।’अहिले अस्पताल क्षेत्र तनावग्रस्त छ। अस्पतालअगाडि सर्वसाधारणको भीड लागेको छ। भीड पन्छाउन प्रहरीलाई हम्मे हम्मे परेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
शुक्रवार तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा
शुक्रवार तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा
त्रिभुवन विमानस्थलबाट बरामद सुनको तौल जम्मा जम्मा ६० किलो ७८९ ग्राम मात्र
त्रिभुवन विमानस्थलबाट बरामद सुनको तौल जम्मा जम्मा ६० किलो ७८९ ग्राम मात्र
विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौँ विश्वविद्यालय
विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौँ विश्वविद्यालय
Top five Dating Places in the World
भारतको हस्तक्षेपकारी भूमिका सन्तुलनमा राख्न चीन र पाकिस्तानसँग सम्बन्ध : मसाल
भारतको हस्तक्षेपकारी भूमिका सन्तुलनमा राख्न चीन र पाकिस्तानसँग सम्बन्ध : मसाल
सातौं पटक अध्यक्ष जित्ने घोराहीका ‘पानी बा’
सातौं पटक अध्यक्ष जित्ने घोराहीका ‘पानी बा’
सत्यनिरुपण विधेयकः द्वन्द्वका दोषीलाई सजाय नहुने
सत्यनिरुपण विधेयकः द्वन्द्वका दोषीलाई सजाय नहुने
 विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा
 विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित

तपाईंले छुटाउनुभयो कि?