नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ, पत्नी र बुहारी अस्पताल भर्ना

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ ८, २०७५
|
|
४५ पटक हेरिएको
Shares
नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ, पत्नी र बुहारी अस्पताल भर्ना

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन्।
  • चिकित्सकको सल्लाहबमोजिम उनी निवासमा आराम गरिरहेका छन्।
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन्।चिकित्सकको सल्लाहबमोजिम उनी निवासमा आराम गरिरहेका छन्। प्रचण्डको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन्। 
चिकित्सकले उनलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको बताइएको छ। यसैबीच प्रचण्ड पत्नी सिता दाहाल पनि भाइरल ज्वरोका कारण अस्वस्थ भएपछि लतिलपुरको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो। 
लामो समयदेखि अस्वस्थ रहँदै आएकी सितालाई रुघा तथा ज्वरोले सताएपछि अस्पताल भर्ना गरिएको थियो। उता प्रचण्डकी बुहारी खानेपानी तथा सरसफाइ मन्त्री विना मगरपनि अस्पताल भर्ना भएकी छन्। भाइरल ज्वरोले सताएपछि विनालाई सोमबार राति ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरिएको छ। 

(https://fii-institute.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?