काभ्रेपलाञ्चोकमा ८ वटा हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र ३१, २०७६
|
|
३६ पटक हेरिएको
Shares
काभ्रेपलाञ्चोकमा ८ वटा हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण

सारांश

  • काठमाडौं।
  • खराब मौसमका कारण काभ्रेपलाञ्चोकको धान खेतमा ८ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् ।
  • पाँचखाल नगरपालिकाभित्रका धान खेतमा ५ वटा र भकुण्डेबेसीमा ३ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका हुन् ।

काठमाडौं। खराब मौसमका कारण काभ्रेपलाञ्चोकको धान खेतमा ८ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् । पाँचखाल नगरपालिकाभित्रका धान खेतमा ५ वटा र भकुण्डेबेसीमा ३ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका हुन् । यी ८ वटै हेलिकप्टर सोलुखुम्बुको लुक्ला विमानस्थलबाट काठमाडौंका लागि उडेका थिए ।

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलका अनुसार सबै हेलिकप्टरमा विदेशी पर्यटकहरु छन् । सबै यात्रुहरु सकुशल रहेको खरेलले जानकारी दिए । अविरल परेको पानी र हुस्सुका कारण लुक्लाबाट उडेका हेलिकप्टर राजधानी जान नसकेका हुन् । हेलिकप्टरहरु मनाङ एयर, सिम्रिक एयर, कैलाश एयरका भएको बताइएको छ। मौसम सुधार भए पछि आकस्मिक अवतरण गरिएका सबै हेलिकप्टरहरु गन्तब्य तर्फ जाने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?