भारतीय सीमाभित्र छिरे पाकिस्तानी लडाकू विमान

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
भारतीय सीमाभित्र छिरे पाकिस्तानी लडाकू विमान

सारांश

  • काठमाडौं।
  • पाकिस्तानी वायुसेनाका विमान भारतीय सीमाभित्र प्रवेश गरेका छन् ।
  • गएरातीदेखि गोली हानाहान चलिरहेको भारत पाकिस्तानको नियन्त्रण रेखा पार गर्दै पाकिस्तानी लडाकू विमान भारतीय सीमामा प्रवेश गरेको जनाइएको छ ।
काठमाडौं। पाकिस्तानी वायुसेनाका विमान भारतीय सीमाभित्र प्रवेश गरेका छन् । गएरातीदेखि गोली हानाहान चलिरहेको भारत पाकिस्तानको नियन्त्रण रेखा पार गर्दै पाकिस्तानी लडाकू विमान भारतीय सीमामा प्रवेश गरेको जनाइएको छ । 
गएराती भारतीय सेना नियन्त्रण रेखा नाघ्दै पाकिस्तान प्रवेश गरेका थिए । यसअघि भारतीय वायुसेनाका विमानले पाकिस्तान नियन्त्रित कश्मिर (पीओके) समेत पार गर्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बालाकोटमा बम आक्रमण गरेको थियो । 
पाकिस्तानी वायुसेनाले भारततर्फ के–कस्तो आक्रमण गर्यो भन्ने प्रस्ट भइसकेको छेन । यसेबीचमा सीमाको नियन्त्रण रेखा नजिकै भारतीय वायुसेनाको एक विमान दुर्घटनाग्रस्त भएर खसेको छ । कश्मिरको बडगाममा भारतीय वायुसेनाको मिग विमान खेतमा खसेको बताइएको छ । दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको अपुष्ट समाचार आएको छ । 
भारतीय मिडियाले दुर्घटनाको कारण प्रस्ट नभएको लेखेका छन् । यद्यपि यो विमान पाकिस्तानले खसालिदिएको हुन सक्ने आशंका गरिएको छ । पाकिस्तानी मिडियाले पनि भारतीय विमान पाकिस्तानले नै खसालेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?