फेसबुकले गरायो ४८ वर्षपछि परिवारसंग पुर्नमिलन

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २६, २०७६
|
|
३७ पटक हेरिएको
Shares
फेसबुकले गरायो ४८ वर्षपछि परिवारसंग पुर्नमिलन

सारांश

  • काठमाडौं, माघ २६ ।
  • एक बंगलादेशीले समाजिक सञ्जालको सहयोगले ४८ वर्षपछि आफ्नो परिवारलाई भेटेका छन्।
  • द डेली स्टारको शनिबारको एक रिपोर्टका अनुसार हबिबुर रहमान सिलहटस्थित एक ठाउँमा रड र सिमेन्टको व्यापार गर्छन्।

काठमाडौं, माघ २६ । एक बंगलादेशीले समाजिक सञ्जालको सहयोगले ४८ वर्षपछि आफ्नो परिवारलाई भेटेका छन्। द डेली स्टारको शनिबारको एक रिपोर्टका अनुसार हबिबुर रहमान सिलहटस्थित एक ठाउँमा रड र सिमेन्टको व्यापार गर्छन्। ३० वर्षको उमेरमा उनले घर छोडेपछि परिवारले उनको निकै खोजी गर्यो। तर, भेट्ट्याउन सकेन।

अमेरिकामा रहेका हबिबुरका ठूला छोराकी पत्नीले शुक्रबार एक व्यक्तिका लागि आर्थिक सहयोग माग्दै गरेको भिडियो देखेकी थिइन्। अनि उनले आफ्नो ससुराबारे सुनेकी थिइन्। अनि उनले आफ्नो देवरलाई त्यहाँ गएर त्यसबारे बुझ्न अनुरोध गरिन्। अस्पतालमा पुगेर हबिबुरका कान्छा छोराले बुझ्दा उनी आफ्नै बाबु भएको थाहा पाए।

द डेली स्टार नामको पत्रिकामा छापिउको समाचारअनुसार अहिले यो परिवार खुसीले भरिएको छ। हबिबुरलाई प्राइभेट अस्पतालमा राम्रो उपचारका लागि भर्ना गरिएको छ। एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?