अचानक मोदीको विशेष दूत बनेर नेपाल आउँदै सुष्मा स्वराज !

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ १३, २०७४
|
|
५५ पटक हेरिएको
Shares
अचानक मोदीको विशेष दूत बनेर नेपाल आउँदै सुष्मा स्वराज !

सारांश

  • काठमाडौं, १३ माघ ।
  • भारतीय विदेशमन्त्री सुषमा स्वराज आगामी साता नेपाल भ्रमणमा आउने भएकी छिन् ।
  • नेपाल सरकारको निमन्त्रणामा उनी २ दिने भ्रमणका लागि फेब्रुअरी महिनाको पहिलो साता काठमाडौं आउन लागेकी हुन् ।

काठमाडौं, १३ माघ । भारतीय विदेशमन्त्री सुषमा स्वराज आगामी साता नेपाल भ्रमणमा आउने भएकी छिन् । नेपाल सरकारको निमन्त्रणामा उनी २ दिने भ्रमणका लागि फेब्रुअरी महिनाको पहिलो साता काठमाडौं आउन लागेकी हुन् ।

नेपाल भ्रमणका क्रममा विशेषतः भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीसँग  छलफल गर्नेछिन् । यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत विभिन्न दलका नेतासँगपनि उनले छलफल गर्ने कार्यक्रम रहेको छ ।

स्वराजको यो भ्रमणलाई काठमाडौं र दिल्ली दुवैतिर महत्वका साथ हेरिएको छ । नेपालमा नयाँ निर्वाचन सम्पन्न भएपछि वर्तमान सत्तारुढ नेपाली कांग्रेस प्रतिपक्षमा र एमाले नेतृत्वमा रहेको वाम गठबन्धन सरकारमा जाने भएपछि नेपाल–भारत सम्बन्ध कसरी अघि बढ्छ भन्ने चासो सर्वत्र छ ।

नयाँ प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यदि उनको नेतृत्वमा नयाँ सरकार बने त्यसले भारत र चीन दुवैसँग सौहार्दपूर्ण सम्बन्ध विकसित गरी स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने वताउँदै आएका छन् । भारतले भने नेपाललाई अहिलेसम्म परम्परागत ‘सुरक्षा छाता’को दृष्टिकोणबाट हेर्दै आएको छ ।

चुनावमा नेपाली नागरिकले ब्यक्त गरेको अभिमत केपी ओलीले प्रतिनिधित्व गर्ने स्वतन्त्र नेपाली परराष्ट्र नीतिको पक्षमा देखिएपछि भारतले आफ्नो परम्परागत अवधारणामा परिवर्तन ल्याउँछ कि ल्याउँदैन भन्ने प्रश्नका कारण नेपाल–भारत सम्बन्धलाई थप चासोका साथ हेरिने प्रष्ट छ ।

चुनावमा बहुमत प्राप्त गठबन्धनका नेताका रुपमा उदाएपछि अध्यक्ष ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईपटक टेलिफोन मार्फत वधाई दिएका छन् भने प्रधानमन्त्री निर्वाचित भएपछि भारत आउन निमन्त्रणा पनि गरेका छन् । जवाफमा ओलीले यसपटक मोदीलाई नै आफू भारत जानु भन्दा पहिले नेपाल भ्रमण गर्न निम्त्याएका छन् । यदि ओलीको निमन्त्रणा स्वीकार गर्दै मोदी नै नेपाल भ्रमणमा आए भने भारत पनि नेपालसँग सम्बन्ध सुधार गर्न इच्छुक रहेको देखिनेछ ।

यस पृष्ठभूमिमा अचानक नेपाल आउन लागेकी भारतीय विदेशमन्त्री सुषमा स्वराजको एमाले अध्यक्ष ओलीसँग हुने भेटघाटलाई दिल्ली र काठमाडौं दुवैतिर ठूलो महत्व दिइनेछ । यस भेटघाटमा मोदी र ओलीको सम्भावित नेपाल र भारत भ्रमणका विषयदेखि आगामी दिनमा नेपाल भारत सम्बन्धले लिने दिशाका विषयमा पनि छलफल हुने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगर,इटहरी,धरानमा कांगेसको अग्रता कायमै (हेर्नुहोस् पछिल्लो अपडेट)
विराटनगर,इटहरी,धरानमा कांगेसको अग्रता कायमै (हेर्नुहोस् पछिल्लो अपडेट)
यस पाली माइती को आगनी मा नाच्न जादै गायिका :एलिना (भिडियो सहित )
यस पाली माइती को आगनी मा नाच्न जादै गायिका :एलिना (भिडियो सहित )
विमान दुर्घटनामा ज्यान गुमाएका, घाइतेका परिवारले १० करोडसम्म पाउने
दमकमा मोटरसाइकलको ठक्करबाट मृत्यु
दमकमा मोटरसाइकलको ठक्करबाट मृत्यु
विश्व बैंकद्वारा २२ अर्ब ८२ करोड ऋण सहयोग
विश्व बैंकद्वारा २२ अर्ब ८२ करोड ऋण सहयोग
लाखौँ कमाउन मृत्युलाई जित्छन् यार्सा टिप्नेहरु
लाखौँ कमाउन मृत्युलाई जित्छन् यार्सा टिप्नेहरु
हरेक कर्मचारीले पदमा रहदाको अवस्थामा नै आफ्नो क्षमता देखाएर काम गर्नुपर्यो: उर्जामन्त्री
हरेक कर्मचारीले पदमा रहदाको अवस्थामा नै आफ्नो क्षमता देखाएर काम गर्नुपर्यो: उर्जामन्त्री
बाल मन्दिरका जग्गा संरक्षण र उपयोग गराउन प्रधानमन्त्रीको निर्देशन
बाल मन्दिरका जग्गा संरक्षण र उपयोग गराउन प्रधानमन्त्रीको निर्देशन
जनतासँग आत्मीयता बढाउन सामाजिक सुरक्षा अभियान : प्रम ओली
जनतासँग आत्मीयता बढाउन सामाजिक सुरक्षा अभियान : प्रम ओली
५० वर्षपछि फेसबुकमा जीवितभन्दा मृतकको आइडी बढि हुने !
५० वर्षपछि फेसबुकमा जीवितभन्दा मृतकको आइडी बढि हुने !

तपाईंले छुटाउनुभयो कि?