हत्याको आरोपमा दुई पक्राउ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ २४, २०७६
|
|
४५ पटक हेरिएको
Shares
हत्याको आरोपमा दुई पक्राउ

सारांश

  • संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ) छिनाएर भारतीय नागरिकको हत्या गरी शवलाई जलाएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
  • बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सोही ठाउँका २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
  • सो अवसरमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले मादक पदार्थ सेवन गरेर सामान्य विवादमा शेखको हत्या गरेको र हत्यापछि चौधरी र यादवले उहाँको शवलाई स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखिएको परालमा जलाएका हुन् ।

संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ) छिनाएर भारतीय नागरिकको हत्या गरी शवलाई जलाएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सोही ठाउँका २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले मादक पदार्थ सेवन गरेर सामान्य विवादमा शेखको हत्या गरेको र हत्यापछि चौधरी र यादवले उहाँको शवलाई स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखिएको परालमा जलाएका हुन् ।

शेख चारपानेमा विगत १० वर्षदेखि बसोवास गर्दै आएको र सोही क्षेत्रमै मजदूरी गर्दै आएका थिए । सोमबार साँझ यादव, चौधरी र शेख तीनै जना स्थानीय होटलमा सँगै बसेर मादक पदार्थ सेवन गरेको र आपसी विवादका क्रममा शेखलाई यादव र चौधरीले टाउकोमा ढुङ्गा प्रहार गर्दै बेहोस बनाएर पराल राखेको ठाउँसम्म घिसारेर पु-याएको तथा संवेदनशील अङ्ग काटेर परालमा आगो लगाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पक्राउ परेका चौधरी र यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।

प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट संवेदनशील अङ्ग काट्न प्रयोग गरिने चक्कु एक थान, मृतकलाई आगो लगाउन प्रयोग गरिने लाइटर एक थान, मृतकको लेनोभो कम्पनीको कालो मोबाइल एक थान, मृतकले प्रयोग गरेको सिम कार्ड, घटना घटाउँदा लक्षण यादवले लगाएको रागतजस्तो रातो लागेको दाग भएको एक थान भेस्ट र घटना घट्नुभन्दा अगाडि बुद्धिमाया राईको पसलबाट किनेको चुरोट तथा चुरोटका ठुटासमेत बरामद गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा ३० हजार विरुवा रोपिने
काठमाडौंमा ३० हजार विरुवा रोपिने
यसकारण भयाे नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित
यसकारण भयाे नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित
मान्छेलाई भगवान मान्नेहरुले गर्दा आत्महत्या नै गर्नुपर्ने स्थिति !
मान्छेलाई भगवान मान्नेहरुले गर्दा आत्महत्या नै गर्नुपर्ने स्थिति !
३३ किलो सुन प्रकरण: मुख्य अभियुक्त शाक्यको सुन पसल मा छापा
३३ किलो सुन प्रकरण: मुख्य अभियुक्त शाक्यको सुन पसल मा छापा
राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने
राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने
मन्त्री बन्न कांग्रेसमा लर्को ५० भन्दा धेरैले आश्वासन पाइसके क कस्लाई बनाउने मन्त्री ??
मन्त्री बन्न कांग्रेसमा लर्को ५० भन्दा धेरैले आश्वासन पाइसके क कस्लाई बनाउने मन्त्री ??
फेसबुकमा राष्ट्रपतिको आलोचना गर्ने व्यक्ति पक्राउ
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान द्वारा तीन महिला सगरमाथा आरोही अभिनन्दित !
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान द्वारा तीन महिला सगरमाथा आरोही अभिनन्दित !
हेलमेट लगाएर काम गर्ने यी कर्मचारी
हेलमेट लगाएर काम गर्ने यी कर्मचारी
आज १०६ कोरोना संक्रमणमुक्त, ७७ जना थप
आज १०६ कोरोना संक्रमणमुक्त, ७७ जना थप

तपाईंले छुटाउनुभयो कि?