एमालेको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ३१, २०८०
|
|
५६ पटक हेरिएको
Shares
एमालेको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित

सारांश

  • सुदूरपश्चिम।
  •  सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ ।
  • गएराति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो ।

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । गएराति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो ।

प्रदेशसभा बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन, २०८० बहुमतले पारित गरेको हो ।

सत्तारुढ दलका सदस्यहरूले बजेट पारित गर्नका लागि सहमति जनाएका थिए । बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार साहीले बजेटसम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) अनुपस्थित रहेको थियो । बजेट छलफलमा विपक्षी दलबाट राप्रपा सांसद खेमा देवी विष्ट मात्रै उपस्थित थिइन् । एमालेका सबै सांसद र स्वतन्त्र सांसद तरा जोशीले प्रदेश सभा बैठक बहिस्कार गरेका थिए ।

सत्तापक्षकै बिरोधका कारण पास गर्न सकस परेको सुदुरपश्चिमको बजेट संसोधन हुने आश्वासनपछि सत्तापक्षका सबै दलले बजेट पास गर्न ह्वीप जारी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइसीसी क्रिकेटः नेपाल र सिंगापुरका बिचमा प्रतिस्पर्धा हुँदै
आइसीसी क्रिकेटः नेपाल र सिंगापुरका बिचमा प्रतिस्पर्धा हुँदै
सरकार कुरा बुझेरै अगाडि बढेको छ : प्रम ओली
सरकार कुरा बुझेरै अगाडि बढेको छ : प्रम ओली
छिटोभन्दा छिटो निर्वाचनमा जानुको बिकल्प छैनः नेता पौडेल
छिटोभन्दा छिटो निर्वाचनमा जानुको बिकल्प छैनः नेता पौडेल
राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने कांग्रेसको तयारी, कुन-कुन पार्टीसँग ?
राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने कांग्रेसको तयारी, कुन-कुन पार्टीसँग ?
सरकार संग यस्ताे शर्तमा छुटे सिन्डिकेटका ठेकेदार !
सरकार संग यस्ताे शर्तमा छुटे सिन्डिकेटका ठेकेदार !
को हुन् पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीका एक्ला दावेदार शङ्कर पोख्रेल ?
को हुन् पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीका एक्ला दावेदार शङ्कर पोख्रेल ?
उपेन्द्र यादवलाई लिएर दुई तिहाई बनाउने ओलीको तयारी
उपेन्द्र यादवलाई लिएर दुई तिहाई बनाउने ओलीको तयारी
तुलसीपुरमा विद्युत नियमित गराउन नगर प्रमुख घनश्याम पाण्डेको यस्तो पहल
तुलसीपुरमा विद्युत नियमित गराउन नगर प्रमुख घनश्याम पाण्डेको यस्तो पहल
म्याग्दी बन्यो बाम किल्ला, कहाँ को विजयी ?
म्याग्दी बन्यो बाम किल्ला, कहाँ को विजयी ?
पशुपतिनाथ मन्दिर प्रवेश गर्न तीन मार्गको व्यवस्था
पशुपतिनाथ मन्दिर प्रवेश गर्न तीन मार्गको व्यवस्था

तपाईंले छुटाउनुभयो कि?