खप्तड जोड्ने पुल बन्नलाग्दा स्थानीयवासी हर्षित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
५६ पटक हेरिएको
Shares
खप्तड जोड्ने पुल बन्नलाग्दा स्थानीयवासी हर्षित

सारांश

  • बझाङ, १७ फागुन , जिल्लाको खप्तड छान्ना गाउँपालिका जोड्ने जडारीगाडमा पर्यटकीयस्थल खप्तड जोड्ने पक्की पुल निर्माण शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् ।
  • चालिस मिटर लामो सो पुल शिलान्यास पछि निर्माण पनि शुरु गरिएकाले यहाँका बासिन्दामा खुशियाली छाएको हो ।
  • धार्मिक एवं पर्यटकीय दृष्ट्रिले महत्वपूर्ण मानिएको यो क्षेत्रमा बाह्य र आन्तरिक पर्यटकलाई भित्र्याउन सके आर्थिक विकासमा पनि टेवा पुग्ने अनुमान स्थानीयवासी बताउँछन् ।

बझाङ, १७ फागुन , जिल्लाको खप्तड छान्ना गाउँपालिका जोड्ने जडारीगाडमा पर्यटकीयस्थल खप्तड जोड्ने पक्की पुल निर्माण शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् ।

चालिस मिटर लामो सो पुल शिलान्यास पछि निर्माण पनि शुरु गरिएकाले यहाँका बासिन्दामा खुशियाली छाएको हो । धार्मिक एवं पर्यटकीय दृष्ट्रिले महत्वपूर्ण मानिएको यो क्षेत्रमा बाह्य र आन्तरिक पर्यटकलाई भित्र्याउन सके आर्थिक विकासमा पनि टेवा पुग्ने अनुमान स्थानीयवासी बताउँछन् ।

वर्षौंदेखि पक्की पुल नहुँदा स्थानीयवासीले समस्या झेलीरहेका थिए । उक्त पुल निर्माणका लागि गएको वैशाखमा खम्पाचेटी टिडिआर जेबीले रु छ करोड ४२ लाखको लागतमा निर्माण गर्ने ठेक्का पाएको थियो । सो पुल दुई वर्षभित्र निर्माण गरिने भएको छ ।

दुई वर्षदेखि कष्टका साथ काठेपुलमा सवारीसाधन गुडाउने गरिएको स्थानीयवासी दर्षन खड्काले बताउनुभयो । “पुल निर्माणको काम शुरु भएपछि निकै खुुशी भएको छु, ” उहाँले भन्नुभयो, “पक्की पुल नहँुदा हामीले निकै दुःख पाएका थियौँ ।”

खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले कामको कडा निगरानीका साथ छिटोभन्दा छिटो निर्माण गर्न पहल गर्ने बताउनुभयो ।

ठेकेदार शेरबहादुर खड्काले भन्नुभयो, “छान्ना मेरो स्थानीय ठाउँ पनि हो, आवश्यक सामान र उपकरणसमेत तयार पारी काम शुरु गरिसकेको छु, अबको दुई वर्षभित्र जसरी पनि पुल निर्माण गर्ने प्रयासमा छु ।” पुलका लागि खाल्डा खन्ने कामसमेत बुधबारदेखि शुरु गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरी बलात्कार गर्ने ‘बा’ भनाउँदो पक्राउ
डीपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको मान्यता
डीपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको मान्यता
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
प्रचण्डलाई फकाउँदै एमाले : यस्तो छ सर्त ?
प्रचण्डलाई फकाउँदै एमाले : यस्तो छ सर्त ?
यथार्थको धरातलमा उभिएर बजेट आएको छ : अर्थमन्त्री महत
यथार्थको धरातलमा उभिएर बजेट आएको छ : अर्थमन्त्री महत
अस्पताल र बसमा जेठालाई ५० प्रतिशत छुट
अस्पताल र बसमा जेठालाई ५० प्रतिशत छुट
बिहानै उठ्नासाथ खान नहुने चीजहरु र खाली पेटमा पानी पिउनुका ७ फाइदा यस्ता छन्
बिहानै उठ्नासाथ खान नहुने चीजहरु र खाली पेटमा पानी पिउनुका ७ फाइदा यस्ता छन्
गण्डकी धौलागिरी पेट्रोलियमकाे अध्यक्षमा गोगंजु चयन
गण्डकी धौलागिरी पेट्रोलियमकाे अध्यक्षमा गोगंजु चयन
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते
साउदीमा मृत्युदण्ड पाएका यादवको ज्यान जोगाउन अञ्जुले गरिन् यस्तो उदघोष
साउदीमा मृत्युदण्ड पाएका यादवको ज्यान जोगाउन अञ्जुले गरिन् यस्तो उदघोष

तपाईंले छुटाउनुभयो कि?