खेलाडीले स्वाभिमानको जीवन बिताउन पाउने

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १६, २०७५
|
|
६० पटक हेरिएको
Shares
खेलाडीले स्वाभिमानको जीवन बिताउन पाउने

सारांश

  • बनेपा, मङ्सिर १६, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खेल जीवनपछि पनि खेलाडीले स्वाभिमानको जीवन बिताउने बताउनुभएको छ ।
  • प्रथम इण्डो नेपाल ओपन फुल कन्ट्याक्ट कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट प्रतियोगिताको शनिबार काभ्रेपलाञ्चोकको बनेपामा भएको समापन कार्यक्रममा उहाँले खेलाडीको जीवन निर्वाहका लागि योजना बनाएर अगाडि बढिरहेको बताउनुभयो ।
  • अहिले आफूहरुले खेललाई प्राथमिकता दिएर खेलाडीको कल्याणकारी कामका निमित्त पेन्सनको व्यवस्था गरेको उहाँको भनाइ छ ।

बनेपा, मङ्सिर १६, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खेल जीवनपछि पनि खेलाडीले स्वाभिमानको जीवन बिताउने बताउनुभएको छ ।

प्रथम इण्डो नेपाल ओपन फुल कन्ट्याक्ट कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट प्रतियोगिताको शनिबार काभ्रेपलाञ्चोकको बनेपामा भएको समापन कार्यक्रममा उहाँले खेलाडीको जीवन निर्वाहका लागि योजना बनाएर अगाडि बढिरहेको बताउनुभयो ।
अहिले आफूहरुले खेललाई प्राथमिकता दिएर खेलाडीको कल्याणकारी कामका निमित्त पेन्सनको व्यवस्था गरेको उहाँको भनाइ छ ।

अहिले नेपालमा खेलकूदको छुट्टै विश्वविद्यालय नभएका कारण पढ्न गए खेल छुट्ने र खेल्न गए पढाइ छुट्ने अवस्था भएकाले अब छिट्टै खेलकूद विश्वविद्यालय खोल्ने तयारीमा रहेको उहाँको भनाइ छ ।

सो क्रममा विष्टले विजयी खेलाडीलाई पदक वितरण गर्नुभएको थियो । प्रतियोगितामा पुरुषतर्फ ३० केजी तौल समूहमा सागर थिङ प्रथम र समीर बुढाथोकी दोस्रो हुनुभएको छ भने ३५ केजी तौलभन्दा मुनिका निरोज तामाङ प्रथम र आशुतोष बादे दोस्रो हुनुभएको थियो । त्यस्तै ४० केजीभन्दा कम तौल समूहमा अनिल बमजन प्रथम र संसार खड्का दोस्रो हुनुभएको थियो । ४५ केजीभन्दा कम तौल समूहमा मन्दीप भुसाल प्रथम र अमित मगर दोस्रो हुनुभएको थियो । ५० केजी मुनिको तौल समूहमा पारस शाह ठकुरी प्रथम र सरोज तामाङ दोस्रो हुनुभएको थियो ।

त्यसैगरी महिलातर्फ खुला तौल समूहमा उषा श्रेष्ठ प्रथम र नविना तामाङ दोस्रो हुनुभएको थियो । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिता नेपाल र भारतबीचमा खेलको माध्यमबाट सुमधुर सम्बन्ध बढाउन र एकै संस्कृतिसँग बाँधिएका सामाजिक जीवनलाई थप विकास गर्नका लागि सो प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ ।

नेपाल क्योकुसिन सेइसिन काइकान कराँते सङ्घका केन्द्रीय अध्यक्ष एवं सो सङ्घको जापानको तर्फबाट नेपाली शाखा प्रमुख अशोक श्रेष्ठको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा भारतको ३५ र नेपालका १४० खेलाडी गरी १७५ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री बन्न दौडधुप सुरु, कसको कति सम्भावना ?
मन्त्री बन्न दौडधुप सुरु, कसको कति सम्भावना ?
पोखरा-लेखनाथ महानगरपालिकाको भरतपोखरी स्थित कोटभैरव मन्दिरमा फूलपाती भित्राइयो
पोखरा-लेखनाथ महानगरपालिकाको भरतपोखरी स्थित कोटभैरव मन्दिरमा फूलपाती भित्राइयो
सेवाग्राही भन्दा विचौलियाबाट आएको कामलाई प्राथमिकता !
सेवाग्राही भन्दा विचौलियाबाट आएको कामलाई प्राथमिकता !
कर्मचारीको तलब बढ्छ:  रिमाल
कर्मचारीको तलब बढ्छ: रिमाल
अब टुकुचा खोलाको जग्गा कानूनबमोजिम सार्वजनिक प्रयोजनमा ल्याईन्छ : मेयर बालेन्द्र
अब टुकुचा खोलाको जग्गा कानूनबमोजिम सार्वजनिक प्रयोजनमा ल्याईन्छ : मेयर बालेन्द्र
जापानको एक रेस्टुराँमा वेटरको काम बाँदरले गर्छ
जापानको एक रेस्टुराँमा वेटरको काम बाँदरले गर्छ
काठमाडौँसहित देशभर वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
काठमाडौँसहित देशभर वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
खटाएको प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने सरकारको तयारी
खटाएको प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने सरकारको तयारी
गुल्मीमा एमालेका प्रदिप ज्ञवाली जितको नजिक
गुल्मीमा एमालेका प्रदिप ज्ञवाली जितको नजिक
बंगलादेशसँग पराजित हुँदै एशिया कपबाट बाहिरियो नेपाल
बंगलादेशसँग पराजित हुँदै एशिया कपबाट बाहिरियो नेपाल

तपाईंले छुटाउनुभयो कि?