खोरेत रोगले छ बाच्छाबाच्छी मरे, तीनसय बढीमा सङ्क्रमण

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ ३०, २०७४
|
|
३९ पटक हेरिएको
Shares
खोरेत रोगले छ बाच्छाबाच्छी मरे, तीनसय बढीमा सङ्क्रमण

सारांश

  • बनियानी (झापा), ३० जेठ ।
  • झापाको कचनकवल गाउँपालिका र गौरीगञ्ज नगरपालिकाका गाईभैँसीमा खोरेत रोगको सङ्क्रमण फैलिएको छ ।
  • जिल्लाको कचनकवल–६ केचना र गौरीगञ्जको महाभारामा खोरेतको सङ्क्रमण देखिएको जिल्ला पशुसेवा कार्यालय, झापाका सूचना अधिकृत कुमारसिंह खत्रीले जानकारी दिनुभयो ।

बनियानी (झापा), ३० जेठ । झापाको कचनकवल गाउँपालिका र गौरीगञ्ज नगरपालिकाका गाईभैँसीमा खोरेत रोगको सङ्क्रमण फैलिएको छ ।

जिल्लाको कचनकवल–६ केचना र गौरीगञ्जको महाभारामा खोरेतको सङ्क्रमण देखिएको जिल्ला पशुसेवा कार्यालय, झापाका सूचना अधिकृत कुमारसिंह खत्रीले जानकारी दिनुभयो । सो क्षेत्रका ३१७ पशु खोरेत रोगबाट सङ्क्रमित भएको र छवटा बाच्छाबाच्छी मरेको उहाँले बताउनुभयो ।

कार्यालयका पशु चिकित्सक चन्द्रदेव साहका अनुसार खुला चरनका कारण पशुमा खोरेतको सङ्क्रमण देखिएको हो । खोरेतको सङ्क्रमण हुँदा पशुको मुख र खुरमा घाउ हुने, दूध कम दिने र तौल घट्ने चिकित्सक साहले बताउनुभयो ।

खोरेत सात प्रकारको भाइरसको सङ्क्रमणबाट लाग्ने गरे पनि नेपालमा चार प्रकारको मात्र देखापरेको पशु चिकित्सक साहले जानकारी दिनुभयो । “ए, ओ, सी र एसिया वान नामक भाइरस नेपालमा देखापरेको छ” – उहाँले भन्नुभयो ।

जिल्लामा ९० हजार थान खोरेतविरुद्धको भ्याक्सिन आइसकेको र अन्य पशुमा खोरेतको सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा आठ हजार थान पठाइएको जानकारी पनि उहाँले दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थीको भविष्यमाथि मेडिकल कलेजको खेलवाड : सरकारले चाल्यो यस्तो कदम
विद्यार्थीको भविष्यमाथि मेडिकल कलेजको खेलवाड : सरकारले चाल्यो यस्तो कदम
डिजेल र मट्टीतेलको मूल्य घट्यो
डिजेल र मट्टीतेलको मूल्य घट्यो
नांगा बाबाका चर्तिकला रोक्न माग गर्दै निवेदन
नांगा बाबाका चर्तिकला रोक्न माग गर्दै निवेदन
राष्ट्रियसभा उपाध्यक्ष दाहालद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण
राष्ट्रियसभा उपाध्यक्ष दाहालद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्च अदालतले लगायो रोक
राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद : साह
राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद : साह
मतपेटिका मुसाले काट्ने चिन्ता , जोगाउन मुसालाई पासो !
मतपेटिका मुसाले काट्ने चिन्ता , जोगाउन मुसालाई पासो !
सहिदपुत्रको घाउमा मल्हम चलाउँदै सहिदकै परिवार
सहिदपुत्रको घाउमा मल्हम चलाउँदै सहिदकै परिवार
सामान्य प्रशासनको विद्येयकमा परराष्ट्रको असहमति
सामान्य प्रशासनको विद्येयकमा परराष्ट्रको असहमति
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

तपाईंले छुटाउनुभयो कि?