गठबन्धन बैठक सकियो, सिट बाँडफाँडको विषय निष्कर्षमा पुगेन

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ६, २०७९
|
|
४६ पटक हेरिएको
Shares
गठबन्धन बैठक सकियो, सिट बाँडफाँडको विषय निष्कर्षमा पुगेन

सारांश

  • काठमाडौँ ।
  • सत्तारुढ गठबन्धनको बैठकमा सिट बाँडफाँडको विषय सहमति नजिक पुगेको छ ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकमा सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकमा सिट बाँडफाँडको विषय सहमति नजिक पुगेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकमा सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। बैठकमा सिट बाँडफाँडका साथै त्यसपछिको अवस्थाका बारेमा पनि छलफल भएको उनको भनाइ छ । कार्कीले मंगलबार दिउँसो तीन बजे पुन बैठक बस्ने र थप छलफल हुने जानकारी दिए ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँड गरेर चुनाव जाने सहमति भएको छ तर सिट बाँडफाँडको विषय भने अझै टुङ्गोमा पुग्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?