गरिमा धानको नक्कली बीउ पीडितले अझै पाएनन् क्षतिपुर्ति
सारांश
- कृषी अनुसन्धान परिषद (नार्क)ले नक्कली भएको पुष्टि गरेपनि गरिमा जातको धानको बीउ पीडितले अझै क्षतिपुर्ति पाउन सकेका छैनन् ।
- क्षतिपुर्ति दिलाउन सरकार निरिह देखिएको किसानले आरोप लगाए ।
- पीडित किसानलाई क्षतिपुर्ति दिनुको त कहाँ हो कहाँ बीउ आयातकर्तालाई कारवाही समेत गर्न ढिलाई गर्दा किसान आक्रोसित बनेका छन् ।
कृषी अनुसन्धान परिषद (नार्क)ले नक्कली भएको पुष्टि गरेपनि गरिमा जातको धानको बीउ पीडितले अझै क्षतिपुर्ति पाउन सकेका छैनन् । क्षतिपुर्ति दिलाउन सरकार निरिह देखिएको किसानले आरोप लगाए । पीडित किसानलाई क्षतिपुर्ति दिनुको त कहाँ हो कहाँ बीउ आयातकर्तालाई कारवाही समेत गर्न ढिलाई गर्दा किसान आक्रोसित बनेका छन् ।
नार्ककले गएको असोजमै बीउ नक्कली भएको पुष्टि गरेको थियो । यत्रो लामो समय बितिसक्दा पनि नक्कली बीउ आयातकर्ता दाङस्थित सनराइज एग्रिकल्चर रिसर्च सेन्टरलाई सरकारले कारवाही नगरेको पीडित किसानको गुनासो छ । राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले सम्बन्धित निकायको यस्तो रवैयाले किसानको प्रगति हुनेका विश्वस्त हुन नसकेको बताए ।
नक्कली बीउ आयातकर्तालाई कारवाही गर्ने निकाय कृषी तथा पशुपक्षि विकास मन्त्रालय रहे पनि मन्त्रालय पन्छिएर अनुसन्धानका लागि वाणिज्य तथा उपभोक्ता संरक्षण विभागलाई जिम्मा लगाएको आरोप अधिकारीले लगाए ।
उत्पादन राम्रो हुने भनेर किसानले लगाएको गरिमा धान नफलेपछि किसान मार्कामा परेका थिए ।
प्रतिक्रिया