गायक लवटले ल्याए ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन ८, २०७४
|
|
५८ पटक हेरिएको
Shares
गायक लवटले ल्याए ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)

सारांश

  • सरद राई काठमाडौं ।
  • ‘टोखा बजार’का गायक वीर कृष्ण लवटको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।
  • गायक लवटको ‘माया मेरी साह्रै राम्री’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत रिलिज भएको हो ।
  • सरद राई

काठमाडौं । ‘टोखा बजार’का गायक वीर कृष्ण लवटको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक लवटको ‘माया मेरी साह्रै राम्री’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत रिलिज भएको हो ।

‘माया मेरी साह्रै राम्री’ गीतलाई गायक लवटले आफ्नै शब्द र संगीतमा आफैले स्वरबद्ध गरेका छन् । गायक लवटको यस गीतको भिडियोलाई मुस्ताङको रमणीय दृश्यहरुमा छायाङ्कन गरिएको छ, भने किरण श्रेष्ठको निर्देशनमा बनेको यो भिडियोमा गायक लवट संयम र पुष्पा प्रजापतिको फिचरीङ रहेको छ । साथमा सुजन, सेवन, श्री, र सुशीलले उनीहरुलाई साथ दिएका छन् ।

गायक लवटको यस भिडियोलाई निर्देशक श्रेष्ठ आफैले छायाङ्कन र सम्पादन गरेका हुन् । ‘टोखा बजार’ बोलको गीतले चर्चामा आएका गायक बीर कृष्ण लवट ‘म त होइन तिम्रो’ गीत लिएर नेपाली गीत संगीतको क्षेत्रमा पुनः कमब्याक गरिसकेका थिए ।

उनले बि.सं. २०६३ सालमा आफ्नो पहिलो एल्बम बजारमा ल्याएका थिए भने सोही एल्बममा समाबेश गरिएको ‘टोखा बजार’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पु¥याएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योजनाका काम समयमै सम्पन्न गर्न निर्देशन
योजनाका काम समयमै सम्पन्न गर्न निर्देशन
मंसिर १८ गते बिहिवारको राशिफल यस्तो छ
मंसिर १८ गते बिहिवारको राशिफल यस्तो छ
अमेरिकाले अनलाइन कक्षा लिएर बसेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने
अमेरिकाले अनलाइन कक्षा लिएर बसेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने
चीनले दिने तीन लाख डोज कोरोना भ्याक्सिनबारे स्वास्थ्य मन्त्रालय बेखवर
चीनले दिने तीन लाख डोज कोरोना भ्याक्सिनबारे स्वास्थ्य मन्त्रालय बेखवर
मिल्दै नमिल्ने कांग्रेस विवादको कारण के हो ?
मिल्दै नमिल्ने कांग्रेस विवादको कारण के हो ?
पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण
पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण
चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर
चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर
कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टको ताला, वाईसीएलको डिउटी
कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टको ताला, वाईसीएलको डिउटी
नर्स मृत्यु प्रकरण: डा ढकाल र उनका बुबाविरुद्ध दुरुत्साहनमा जाहेरी दर्ता
नर्स मृत्यु प्रकरण: डा ढकाल र उनका बुबाविरुद्ध दुरुत्साहनमा जाहेरी दर्ता
दैलेखको क्षेत्र नं. १ प्रदेश क मा धर्मराज रेग्मी विजयी
दैलेखको क्षेत्र नं. १ प्रदेश क मा धर्मराज रेग्मी विजयी

तपाईंले छुटाउनुभयो कि?