गायिका समीक्षाले दिइन् साइबर क्राइमको उजुरी

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ११, २०८०
|
|
५४ पटक हेरिएको
Shares
गायिका समीक्षाले दिइन् साइबर क्राइमको उजुरी

सारांश

  • पोखरा।
  • गायिका समीक्षा अधिकारी यतिखेर फेरि चर्चामा छन्।
  • अष्ट्रेलिया भिसा’ ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा आफूमाथि अनेक टिप्पणी आएपछि उनी न्यायको ढोका ढक्ढक्याएकी छन्।

पोखरा। गायिका समीक्षा अधिकारी यतिखेर फेरि चर्चामा छन्। अष्ट्रेलिया भिसा’ ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा आफूमाथि अनेक टिप्पणी आएपछि उनी न्यायको ढोका ढक्ढक्याएकी छन्।

गायिका अधिकारीले चार जनालाई प्रतिवादी बनाई जिल्ला प्रहरी कार्यालय कास्कीमा आइतबार साइबर अपराधसम्बन्धी उजुरी दर्ता गरेकी हुन्। उनले ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल बन्द नाम गरेको फेसबुक पेजबाट आफ्नो इज्जत प्रतिष्ठामाथि आँच आउने कार्य गरेको बताएकी छन्।

उनले निवेदनमा लेखेकी छन्, ‘मेरो विषयमा अतिरञ्जित कुराहरु लेखी हुँदै नभएको कुराहरु, बिनाप्रमाण, विभिन्न समाचारहरु प्रेषित गरी फेसबुकमा ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल बन्द नाम गरेको फेसबुक पेजबाट मेरो इज्जत प्रतिष्ठामाथि आँच आउने कार्य गरी समाचार लेखी पोस्ट गरेको र कुनै प्रमाण नभई बिनाआधार जे मन लाग्यो त्यही कुराहरु लेखी पोस्ट गरेको हुँदा उक्त फेसबुक पेज चलाउने व्यक्तिहरुलाई खोजतलास गरी कानुनी कारबाही गरी पाउँ।’

उनले कसैको वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध हो भन्दै सबै सञ्चारमाध्यमलाई पनि यथार्थ बुझेरमात्र समाचार सम्प्रेषणको आग्रह गरिन्।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
संखुवासभामा वाम गठबन्धन ४६ मतले अघि
संखुवासभामा वाम गठबन्धन ४६ मतले अघि
दोस्रो सुर्य इन्टरनेशनल अवार्डको उत्कृष्ट ३ मनोनयन सार्वजनिक
दोस्रो सुर्य इन्टरनेशनल अवार्डको उत्कृष्ट ३ मनोनयन सार्वजनिक
इमान्दारीको नमूना : नगदसहित भेट्टाइएको झोला फिर्ता १
इमान्दारीको नमूना : नगदसहित भेट्टाइएको झोला फिर्ता १
सम्पादक बस्नेतलाई पक्राउ गर्नु निन्दनिय काम हाेः काँग्रेस सभापति देउवा
नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने छ : प्रधानमन्त्री दाहाल
नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने छ : प्रधानमन्त्री दाहाल
असोज २३ गते शुक्रवारको राशिफल यस्तो छ
असोज २३ गते शुक्रवारको राशिफल यस्तो छ
नेपालकाे पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला तय
नेपालकाे पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला तय
  खेतबारीमा भेटिन थाले दुर्लभ अजिङ्गर
  खेतबारीमा भेटिन थाले दुर्लभ अजिङ्गर
दश पक्की पुल निर्माण तीव्र
दश पक्की पुल निर्माण तीव्र

तपाईंले छुटाउनुभयो कि?