गोँगबुको होटलमा युवायुवती मृत फेला

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २९, २०८०
|
|
३६ पटक हेरिएको
Shares
गोँगबुको होटलमा युवायुवती मृत फेला

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ गोँगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् ।
  • टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृतावस्थामा फेला परेका हुन् ।

काठमाडौँ । काठमाडौँ गोँगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृतावस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलको कोठाभित्रको बाथरुममा केटा र कोठाभित्र केटी झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिका–१ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक रहेको प्रवक्ता रिजालले बताए ।

बिहान होटलका कामदारले खाना खानका लागि बोलाउन जाँदा नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फुटाउँदा महिला कोठाभित्र र पुरुष बाथरुमभित्र चुकुल लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ