बाख्रा हेर्न गएकी १३ वर्षिया बालिका मृत फेला

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक २६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
बाख्रा हेर्न गएकी १३ वर्षिया बालिका मृत फेला

सारांश

  • काठमाडौं ।
  • उदयपुरमा २ दिनदेखि हराएकी बालिका मृत फेला परेकी छिन् ।
  • उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी एल्जिना खड्का शनिबार बाख्रा चराउन गएपछि हराएकी थिएन् ।

काठमाडौं । उदयपुरमा २ दिनदेखि हराएकी बालिका मृत फेला परेकी छिन् । उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी एल्जिना खड्का शनिबार बाख्रा चराउन गएपछि हराएकी थिएन् । दुई दिनदेखि हराएकी १३ वर्षीया एल्जिना आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

मृतक बालिका स्थानीय दुर्गाबहादुर खड्काकी छोरी भएको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बाख्रा चराउन गएकी उनी खरबारीको जंगलमा कपडा च्यातिएको, शरीरभरि निलडाम भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतकका बुबाका अनुसार बलात्कारपछि छोरीको हत्या गरेको जिकिर गरेका छन् । गोठालो गएकी एल्जिना राति अबेरसम्म घर नआएपछि रातभर खोजिएको थियो । उनी अर्कोदिन दिउसो मात्रै मृत अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीमा खबर भएको थियो ।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?