दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको विषयमा समेत भारतीय विदेशमन्त्रीको यस्तो चासो
सारांश
- काठमाडौं ।
- नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुषमा स्वराजले २ नम्बर प्रदेशको मुख्यमन्त्रीको विषयमा समेत कुरा उठाएकी छन् ।
- शुक्रबार बिहान संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको भेटवार्तामा २ नम्बर प्रदेशको मुख्यमन्त्रीको चयनबारे पनि कुराकानी भएको बताइएको छ ।
काठमाडौं । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुषमा स्वराजले २ नम्बर प्रदेशको मुख्यमन्त्रीको विषयमा समेत कुरा उठाएकी छन् । शुक्रबार बिहान संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको भेटवार्तामा २ नम्बर प्रदेशको मुख्यमन्त्रीको चयनबारे पनि कुराकानी भएको बताइएको छ ।
होटल सोल्टीमा आधा घण्टासम्म भएको भेटवार्तामा विदेशमन्त्री स्वराजले प्रदेश र प्रतिनिधि सभा निर्वाचनबाट आएको नयाँ जनादेश र संविधान संशोधन प्रक्रियाबारे चासो राखेकी थिइन् । “भेटमा नयाँ सरकार गठनदेखि संविधान संशोधनको मुद्दाबारेमा पनि छलफल भएको यादव निकट स्रोतले बताएको छ ।
विदेश मन्त्री स्वराजले संविधान संशोधनबाट मधेसका मुद्दा सम्बोधन भए नभएको बारे पनि गम्भीर चासो राखेको बताइएको छ । अध्यक्ष यादवले नयाँ जनमतपछि संशोधनको मुद्दालाई अघि बढाउने बारेमा आफूहरु छलफलमै रहेको बताएका थिए ।
प्रतिक्रिया