घरमा हुने सुत्केरीलाई शून्यमा पुर्याउने

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण २९, २०७६
|
|
५२ पटक हेरिएको
Shares
घरमा हुने सुत्केरीलाई शून्यमा पुर्याउने

सारांश

  • –सुशीला रेग्मी पाल्पा जिल्लाका सबैजसो स्थानीय तहले घरमै सुत्केरी हुने दरलाई शून्यमा पु¥याउने लक्ष्यका साथ अगाडि बढेका छन् ।
  • आर्थिक वर्ष २०७५÷७६ मा चार हजार ७९१ जना स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी भएका छन् ।
  • जसअन्तर्गत रामपुर नगरपालिकामा २५२ र तानसेन नगरपालिकामा चार हजार १५ रहेका छन् ।

–सुशीला रेग्मी
पाल्पा जिल्लाका सबैजसो स्थानीय तहले घरमै सुत्केरी हुने दरलाई शून्यमा पु¥याउने लक्ष्यका साथ अगाडि बढेका छन् ।आर्थिक वर्ष २०७५÷७६ मा चार हजार ७९१ जना स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी भएका छन् । जसअन्तर्गत रामपुर नगरपालिकामा २५२ र तानसेन नगरपालिकामा चार हजार १५ रहेका छन् ।गाउँपालिकातर्फ पूर्वखोलामा १६९, रम्भामा ६५, बगनासकालीमा ३६, रिब्दिकोटमा ५३, रैनादेवी छहरामा १०१, माथागढीमा ४४, तिनाउमा १४ र निस्दीमा ४२ रहेका छन् । जिल्लाका ३७ स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भए पनि ३६ स्वास्थ्य संस्थाबाट प्रसूति सेवा दिइएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवाली बताउनुुहुन्छ । तर मिशन अस्पताल पाल्पामा भने आमा सुरक्षा कार्यक्रम लागू नभए पनि प्रसूति सेवा उपलब्ध छ ।

“पाल्पामा स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुने महिलाको दर सुधार हुँदै गएको छ, कार्यालयले यसमा विशेष चासोका रुपमा हेरेको र जिल्लाका ग्रामीण भेगमा पनि प्रसूति सेवा सञ्चालन भएको हँुदा बर्सेनी सुधार छ”, ज्ञवालीले भन्नुभयो ।आव ०७५÷७६ मा बाहिरी जिल्लाबाट सुत्केरी हुन आउनेको सङ्ख्या कम रहेकाले अघिल्ला वर्षमा भन्दा तथ्याङ्कीय हिसाबले सुत्केरी हुने दर घटे पनि जिल्लामा भने स्वास्थ्य संस्थामा सुत्केरी हुनेको अवस्था राम्रो रहेको उहाँले बताउनुभयो । आव २०७४÷७५ मा पाँच हजार ५३९ महिलाले स्वास्थ्य संस्थामा नै पुगेर बच्चा जन्माएका छन् । ०७३÷७४ मा पाँच हजार ३३७, आव ०७१÷७२ मा छ हजार ५०० र ०७२÷७३ मा छ हजार ३०० महिलाले स्वास्थ्य संस्थामा नै गएर सुत्केरी भएको पाइएको छ ।

यअघि अन्धविश्वास, रूढीवादी र अशिक्षाका कारण जीवन मरणको दोसाँधमा रहेर घरमै जोखिमपूर्ण सुत्केरी हुन बाध्य थिए । गाउँगाउँमा स्वास्थ्य संस्था नहुनु, सडक सञ्जाल नजोडिएकाले घरमै सुत्केरी हुनुपर्ने अवस्था थियो । अशिक्षित, गरीब परिवारमा मात्र नभई शिक्षित र धनीमानी परिवारमा पनि स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुनुपर्छ भन्ने सोचाइ न्यून भेटिन्थ्यो । अझै पनि जिल्लाका अति विकट, दुर्गम क्षेत्रमा यदाकदा भने घरमै सुत्केरी हुने चलन पूर्णरुपमा हट्न सकेको छैन ।

घरमै सुत्केरी हँुदा महिलाहरुमा पछि गएर विभिन्न समस्या देखापर्ने गरेको पाइन्छ । सुत्केरी आमा र बच्चाले समयमा नै उपचार नपाउँदा अकालमै ज्यानसमेत जाने गर्दछ । यही कारणले गर्दा पनि हिजोआज भने उनीहरु श्रीमान्, घरपरिवार, आफन्तको साथमा सुत्केरी हुने समय अगावै स्वास्थ्य संस्थामा जाने गरेको पाइन्छ ।महिलालाई स्वास्थ्य संस्थामा नै सुत्केरी हुनका लागि प्रोत्साहनस्वरुप नेपाल सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत न्यानो कपडा वितरण, स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत रु एक हजार यातायात खर्च र चार पटकसम्म गर्भ परीक्षण गराएको रु चार सय रकम प्रदान गरिरहेको छ ।

उमेर नपुगीकन गर्भवती बन्नु, खानपानमा ध्यान नदिनु, नियमित गर्भ परीक्षण नगर्नु, लामो समयसम्म सुत्केरी व्यथा लाग्दा पनि घरमै राख्दा आमा र बच्चाको ज्यान उच्च जोखिममा पर्न सक्ने हुँदा स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुन स्वास्थ्यकर्मीको सुझाव छ ।नियमित चेकजाँच नहुँदा आमा र बच्चाको स्वास्थ्य अवस्थाका बारेमा थाहा नहुने तथा पौष्टिकतत्व, भिटामिन, आयोडिनजस्ता कुराको कमी हुन गई आमा र बच्चालाई असर पर्नुका साथै ज्यान नै खतरामा पर्ने गरेको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थप्रसाद ढुङ्गाना बताउनुहुन्छ ।

गर्भवतीलाई आवश्यक खानेकुरा र भिटामिनजस्ता खाद्य पदार्थ अपुग हुँदा उनीहरुलाई असर पर्ने र गर्भास्वस्थाका खतराका बारेमा पनि जानकारी नहुँदा कतिपय गर्भवती आमा र बच्चाको ज्यान अकालमा जाने भएकाले स्वास्थ्य संस्थामा नै गएर सुत्केरी गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । गर्भ रहेको थाहा भए देखि नै नियमित रुपमा नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा चेकजाँच गराउनुपर्छ ।गाउँगाउँमा स्वास्थ्य कार्यालयले सुरक्षित मातृत्व, घरमै सुत्केरी हुँदाका जोखिम, स्वास्थ्य संस्थामा सुत्केरी हँुदाका फाइदाबारे जनचेतना गराएका कारण बर्सेनी प्रगति राम्रो हँुदै गएको स्वास्थ्य शाखा संयोजक ढुङ्गाना बताउनुहुन्छ ।माथागढी गाउँपालिका–३ को कसेनी शून्य होम डेलिभरी वडा घोषणा भइसकेको छ भने अन्य स्थानीय तहका विभिन्न वडालाई पनि शून्य होम डेलिभरी वडा घोषणा गर्ने गरी कार्यक्रम अगाडि बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब लगानी प्रतिबद्धता
बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब लगानी प्रतिबद्धता
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
सरकारी मिडियाको नै जीवित मानिसलाई श्रद्धाञ्जलि दिएपछि…
सरकारी मिडियाको नै जीवित मानिसलाई श्रद्धाञ्जलि दिएपछि…
Steps to make a Guy Locate a Female in another way
कहाँ छन् वान्टेड सूचिमा रहेका तीन सांसद ?
कहाँ छन् वान्टेड सूचिमा रहेका तीन सांसद ?
यौन, आवेग र मदिराले हत्याका घटना बढे
यौन, आवेग र मदिराले हत्याका घटना बढे
कक्षा १०का विद्यार्थीले बनाएको गाडी चलाएरै देखाएपछि….
कक्षा १०का विद्यार्थीले बनाएको गाडी चलाएरै देखाएपछि….
सशस्त्र प्रहरी सम्बन्धि विधेयकमाथि छलफल, सय दिनमा संसद पुर्‍याउने गृहमन्त्रीकाे लक्ष्य
सशस्त्र प्रहरी सम्बन्धि विधेयकमाथि छलफल, सय दिनमा संसद पुर्‍याउने गृहमन्त्रीकाे लक्ष्य
समानुपातिक भोटमा माओवादीलाई फेरि उछिन्यो राष्ट्रिय स्वतन्त्र पार्टीले
समानुपातिक भोटमा माओवादीलाई फेरि उछिन्यो राष्ट्रिय स्वतन्त्र पार्टीले
प्रमाणीकरणको लागी स्वास्थ्य सस्थामा अनुगमन
प्रमाणीकरणको लागी स्वास्थ्य सस्थामा अनुगमन

तपाईंले छुटाउनुभयो कि?