तीन महिनापछि देखिए ज्याक मा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ ९, २०७७
|
|
५८ पटक हेरिएको
Shares
तीन महिनापछि देखिए ज्याक मा

सारांश

  • चिनियाँ अर्बपति ज्याक मा तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
  • उनले बुधबार १०० जना ग्रामीण शिक्षकहरुलाई सम्बोधन गरेको चिनियाँ सञ्‍चारमाध्यमले उल्लेख गरेको छ ।
  • चेचियाङ प्रान्तको तियान्मु न्युजलाई उद्धृत गर्दै चिनियाँ सञ्‍चारमाध्यमले गत अक्टोबर २४ पछि मा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएको बताएका छन् ।

चिनियाँ अर्बपति ज्याक मा तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनले बुधबार १०० जना ग्रामीण शिक्षकहरुलाई सम्बोधन गरेको चिनियाँ सञ्‍चारमाध्यमले उल्लेख गरेको छ ।

चेचियाङ प्रान्तको तियान्मु न्युजलाई उद्धृत गर्दै चिनियाँ सञ्‍चारमाध्यमले गत अक्टोबर २४ पछि मा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएको बताएका छन् । शिक्षकहरूलाई सम्बोधनका क्रममा उनले चिनियाँ व्यवसायीहरूले ग्रामीण उत्थान र साझा समृद्धिको पक्षमा काम गर्नुपर्ने बताएका छन् । ‘कोभिड(१९ महामारीपछि हामी फेरि भेट्नेछौं,’ माको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ ।’ उक्त कार्यक्रम ज्याक मा फाउन्डेसनले सन् २०१५ बाट सुरु गरेको वार्षिक कार्यक्रमकै निरन्तरता हो । यसअघि उक्त कार्यक्रम हैनान प्रान्तको सान्यामा हुँदै आएको थियो ।

कोरोना महामारीका कारण यस पटक भने उक्त कार्यक्रम अनलाइन माध्यमबाट आयोजना गरिएको जनाइएको छ ।केही महिनादेखि सार्वजनिक रुपमा नदेखिएका कारण ज्याक मा हराएको आशंका गरिएको थियो ।अलिबाबाका संस्थापकसमेत रहेका मा करिब २ महिनादेखि सार्वजनिक रुपमा देखा परेका थिएनन् । केही हप्ताअघि सम्पन्न ट्यालेन्ट सो ‘अफ्रिका बिजनेस हिरोज’ मा सहभागी हुने कार्यक्रम तय भए पनि ज्याक मा उपस्थित भएनन् । १५ लाख अमेरिकी डलर पुरस्कार रहेको उक्त सोको निर्णायकमा मा पनि रहने बताइएको थियो । पछि उक्त सोको वेबसाइटबाट उनको नाम र तस्बिर हटाइएको थियो । सामाजिक सञ्जालमा अपडेट भइरहने माले अक्टोबर १० यता ट्वीट पनि गरेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको डा.वाग्लेको दाबी  https://abhiyanpost.com/2023/12/22/160158
नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको डा.वाग्लेको दाबी https://abhiyanpost.com/2023/12/22/160158
अवैध लागूऔषध बरामद तथा अभियुक्त पक्राउ
अवैध लागूऔषध बरामद तथा अभियुक्त पक्राउ
कसरी विश्वकै नमुना बन्यो नेपालको निर्वाचन ?
कसरी विश्वकै नमुना बन्यो नेपालको निर्वाचन ?
राजपामा दुई धार, निर्वाचनबारे आज निर्णय गर्ने
राजपामा दुई धार, निर्वाचनबारे आज निर्णय गर्ने
बनेपाको स्कुलको होस्टलमा वेहोस भएर एकजना बिधार्थीको मृत्यु
बनेपाको स्कुलको होस्टलमा वेहोस भएर एकजना बिधार्थीको मृत्यु
सन्नी लियोनिको बायोपिक विवादमा
सन्नी लियोनिको बायोपिक विवादमा
विद्यालय पुनर्निर्माणका लागि नर्बेद्वारा ८० लाख डलर सहयोग
विद्यालय पुनर्निर्माणका लागि नर्बेद्वारा ८० लाख डलर सहयोग
किन आए नेपाल बलिउड स्टार गोविन्दा ?
किन आए नेपाल बलिउड स्टार गोविन्दा ?
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति

तपाईंले छुटाउनुभयो कि?