विद्यालय पुनर्निर्माणका लागि नर्बेद्वारा ८० लाख डलर सहयोग
सारांश
- काठमाडौं।
- नर्वेले नेपालको विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने भएको छ।
- बुधबार काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वे्जियन राजदूतावास र युनाईटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (यूनओपिएस) बीच नेपालको २४ वटा विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो।
काठमाडौं। नर्वेले नेपालको विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने भएको छ। बुधबार काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वे्जियन राजदूतावास र युनाईटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (यूनओपिएस) बीच नेपालको २४ वटा विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो।
सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंको गरी भूकम्पले क्षति पुर्याएका २४ वटा विद्यालयको पुनर्निर्माणको लागि सो सहायता उपलब्ध गराइएको सो समझदारी पत्रमा उल्लेख गरिएको छ। परियोजना अन्तरगत सिन्धुलीमा ९, रामेछापमा १३ तथा भक्तपुर र काठमाडौंमा १–१ वटा विद्यालय पुनर्निर्माण हुनेछन्। अपांग मैत्री यी विद्यालयमा शौचालय र खानेपानीको पनि उचित व्यवस्था हुने र यसबाट करिव ५ हजार ५ सय विद्यार्थी लाभान्वित हुने विश्वास लिइएको छ।
समझदारी पत्रमा नेपालको तर्फबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरे, नर्वेजियन राजदुत लास्से जोर्न जोहानेसे र युनपिएसका राष्ट्रिय निर्देशक चाल्स क्यालानानले हस्ताक्षर गरे। कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नर्वे सरकारले नेपालको विद्यालय पुनर्निर्माणमा सो सहयोग गरेकोमा आभार व्यक्त गरे।
उनले सो परियोजना तोकिएकै समय भित्र सम्पन्न हुने विश्वास पनि व्यक्त गरे।
दुई वर्ष भित्र सो परियोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ। समझदारी पत्रमा गुणस्तरीय विद्यालय पुर्न्निर्माण गर्ने प्रतिवद्धता पनि जनाइएको छ।
(Xanax)
प्रतिक्रिया