नेपालमै लाखौँको आम्दानी गर्छन बुढाथोकीले

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
३९ पटक हेरिएको
Shares
नेपालमै लाखौँको आम्दानी गर्छन  बुढाथोकीले

सारांश

  • तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रका ३१ वर्षीय लिलम बुढाथोकी धेरै कमाउने सोचले अलिअलि भएको पैसा पनि मेनपावरलाई बुझाएर कहिले कतार त कहिले मलेसिया पुगे ।
  • त्यहाँ उनले ६ वर्ष बिताए ।
  • अन्ततः स्वदेशमै केही गर्ने सोचले फर्किए ।

तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रका ३१ वर्षीय लिलम बुढाथोकी धेरै कमाउने सोचले अलिअलि भएको पैसा पनि मेनपावरलाई बुझाएर कहिले कतार त कहिले मलेसिया पुगे । त्यहाँ उनले ६ वर्ष बिताए । अन्ततः स्वदेशमै केही गर्ने सोचले फर्किए । अहिले उनले व्यवसायिक कुखुरापालनलाई आम्दानीको राम्रो श्रोत बनाएका छन् ।

चार वर्षदेखि कुखुरा फार्म खोलेर व्यवसायिक बनेका बुढाथोकीले अहिले ७ सय बढी कुखुरा पालेका छन् । सुरुवातमा ५० हजार रुपैयाँले थालेको कुखुरापालन व्यवसायबाट अहिले बुढाथोकीले मासिक ३५ हजार रुपैयाँ बचत गर्छन् । व्यवसायमा लगानी पनि बढ्दो छ । त्यति नै पैसा कमाउन परदेशमा हुँदाको दुःख बुढाथोकीलाई झलझली छ । त्यसो त गाउँमै हुँदा पनि बुढाथोकीले त्यसअघि नै स्वरोजगार बन्न निकै प्रयत्न गरेका थिए ।
२०५८ सालमा एसएलसी उत्तीर्ण गरेपछि प्राविधिक सीपकोे खोजीमा मोरङ झरेका थिए बुढाथोकी । उर्लाबारीमा ६ महिना बिजुलीको तालिम लिएपछि गाउँमै विजुली बत्तीको विस्तार गर्ने काम गरे । त्यही काममा उनले दुई वर्ष बिताए । २०६१ सालमा मात्रै उनी कतार गएका थिए । तीन वर्ष कता बसेपछि फेरि घर फर्किएर उनी मलेसिया गएका थिए ।
‘परिवारबाट टाढा रहेर जति नै पैसा कमाएपनि मनमा शान्ति चाँहि मिल्दैनँ,’ उनी भन्छन्, ‘अझ मैले त त्यति धेरै कमाउनपनि सकिनँ, मेहिनेत चाँहि धेरै गर्नुपथ्र्यो ।’ व्यवसाय थालेको थोरै समयमा नै राम्रो आर्थिक प्रगति गरेको बुढाथोकी बताउँछन् ।‘छ वर्ष परदेश बस्दा बचत एक रुपैयाँ थिएनँ, ऋण तिरेर घरखर्च गर्दै ठिक्क भएको थियो, अहिले मासिक ३०–३५ हजार त बचत नै गर्छु’ उनी भन्छन् । गाउँ गाउँमा फ्रेस हाउस खुलेपछि बजारको कुनै समस्या नरहेको उनले बताए । नजिकको ओख्रे बजारमा बुढाथोकीको आफ्नै फ्रेस हाउस समेत छ । बिहानदेखि साँझ सम्म बुढाथोकी कुखुराहरुको हेरचाह र स्याहार सुस्यारमै व्यस्त रहन्छन् । ‘पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने सोच हटाउनुपर्छ, उनी भन्छन्, ‘एक पटक सबै भोगेर थाकेको हुँ, त्यसो त अहिलेपनि सिरानीमा राहदानी राखेकै छु ।’

उनलाई व्यवसायमा श्रीमती विन्दाको सहयोग छ । दुई जनाले आफैँ सबै फार्मको काम गर्छन् । अहिले फार्ममा ५ लाख बढी लगानी छ । त्यही व्यवसायबाट भएको आम्दानी बैंकमा ३ लाख बढी बचत रहेको बुढाथोकीले बताए । व्यवसायबाटै उनी ऋणमुक्त समेत भएका छन् । व्यवसायलाई अझै बढाएर मासिक कम्तिमा ५ सय कुखुरा उत्पादन गर्ने तयारी रहेको बुढाथोकीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार संग यस्ताे शर्तमा छुटे सिन्डिकेटका ठेकेदार !
सरकार संग यस्ताे शर्तमा छुटे सिन्डिकेटका ठेकेदार !
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल
कोरोना अपडेटः २४ घण्टामा २४ जनाको मृत्यु
कोरोना अपडेटः २४ घण्टामा २४ जनाको मृत्यु
व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैन : प्रधानमन्त्री
व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैन : प्रधानमन्त्री
नहरमा डुबेर एकको मृत्यु
नहरमा डुबेर एकको मृत्यु
निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित
निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित
बागलुङका स्थानीय तहको बेरुजु रु २१ करोड
बागलुङका स्थानीय तहको बेरुजु रु २१ करोड
बालुवाटार प्रदर्शनमा पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा
बालुवाटार प्रदर्शनमा पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा
आज थप ८ जना कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या ३७९ पुग्यो
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल