वाम गठबन्धनले हराउन सक्दैन : नेता साउद

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
|
३३ पटक हेरिएको
Shares
वाम गठबन्धनले हराउन सक्दैन : नेता साउद

सारांश

  • कञ्चनपुर, २९ कात्तिक (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार नारायणप्रकाश साउदले वाम गठबन्धनले जति प्रयत्न गरेपनि निर्वाचनमा हराउन नसक्ने बताउनुभएको छ ।
  • मंगलबार कञ्चनपुरको बेदकोट नगरपालिका–९ मा आयोजित चुनावी प्रचारप्रसारका क्रममा बोल्दै उहाँले निर्वाचनमा नेपाली काँगे्रस निकटका र लोकततान्त्रिक गठबन्धनका उम्मेदवारको विजय निश्चित भएको बताउनुभयो ।
  • लोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर रहेको उहाँले बताउनुभयो ।

कञ्चनपुर, २९ कात्तिक (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार नारायणप्रकाश साउदले वाम गठबन्धनले जति प्रयत्न गरेपनि निर्वाचनमा हराउन नसक्ने बताउनुभएको छ ।

मंगलबार कञ्चनपुरको बेदकोट नगरपालिका–९ मा आयोजित चुनावी प्रचारप्रसारका क्रममा बोल्दै उहाँले निर्वाचनमा नेपाली काँगे्रस निकटका र लोकततान्त्रिक गठबन्धनका उम्मेदवारको विजय निश्चित भएको बताउनुभयो ।

लोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर रहेको उहाँले बताउनुभयो । मन्त्री हुँदा र नहुँदा पनि कञ्चनपुरको विकासका लागि सक्दो प्रयत्न गरेको र अझै यसलाई निरन्तरता दिन लागिपर्ने उहाँले बताउनुभयो ।

शुक्लाफाँटा नगरपालिकाको मणिकाधामदेखि भीमदत्तनगरपालिकाको ब्रह्मदेवसम्म धार्मिक पदमार्ग निर्माणका लागि कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो ।

आन्तरिक र बाह्य पर्यटक भित्र्याउनका लागि यस पदमार्गले निकै मद्दत पु¥याउने उहाँको भनाइ रहेको थियो ।

लोकतान्त्रिक गठबन्धनका नेता विनोद विष्टले वैकल्पिक लोकतान्त्रिक शक्तिका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको चर्चा गर्दै यसै कारणले नेपाली काँग्रेसलाई साथ दिएको बताउनुभयो । उहाँले नेपाली काँग्रेसले आन्तरिक कलह मिलाउन सके चुनावमा सहज जित हात पर्नसक्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?