कांग्रेसद्वारा बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ३, २०८०
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेसले बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह गरेको छ ।
  • प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजनासहित काम गर्नुपर्नेमा सो पार्टीले जोड दिएको हो ।

काठमाडौँ । नेपाली कांग्रेसले बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह गरेको छ । प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजनासहित काम गर्नुपर्नेमा सो पार्टीले जोड दिएको हो ।

कांग्रेसले सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा परेको आकस्मिक अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट केही व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिको ठूलो क्षति घटनाप्रति दुःख व्यक्त गरेको छ ।

बाढीपहिरो र डुबानबाट केही व्यक्ति बेपत्ता र विस्थापित हुनका साथै कैयौँ व्यक्तिहरु घाइते भएका छन् । कतिपय स्थानमा सडक मार्ग अवरुद्ध भएको छ । कांग्रेसले आज विज्ञप्तिमार्फत सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ ।

कांग्रेसले प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न आग्रह गरेको छ । सम्पर्क विहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

प्रभावित जिल्लाका कांग्रेस र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले एक आपसमा समन्वय गरी सम्पूर्ण साङ्गठनिक संरचनाका साथीहरुलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पु¥याउँदै पहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न कांग्रेसले अपील गरेको छ ।

प्राकृतिक प्रकोपमा जीवन गुमाउनु भएका सबैप्रति कांग्रेसले श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, कांग्रेसले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा साल्ट ट्रेडिङको सक्रियता: रोपाइँको याममा अनुदानकै मूल्यमा मल वितरण, पारदर्शिताका लागि सफ्टवेयर लागू गरिँदै
चितवनमा साल्ट ट्रेडिङको सक्रियता: रोपाइँको याममा अनुदानकै मूल्यमा मल वितरण, पारदर्शिताका लागि सफ्टवेयर लागू गरिँदै
असार १५ गते सोमवारको राशिफल यस्तो छ
असार १५ गते सोमवारको राशिफल यस्तो छ
बढी भएको बिजुली मात्रै भारत बिक्री गरिन्छ, मुख्य जोड आन्तरिक खपतमै हो : ऊर्जामन्त्री बस्नेत
बढी भएको बिजुली मात्रै भारत बिक्री गरिन्छ, मुख्य जोड आन्तरिक खपतमै हो : ऊर्जामन्त्री बस्नेत
मोटरसाईकल दुुर्घटनामा युुवकको मृत्युु
मोटरसाईकल दुुर्घटनामा युुवकको मृत्युु
ललितपुरमा एकैदिन ३८ कोरोना संक्रमित, रेकर्ड तोडियो
ललितपुरमा एकैदिन ३८ कोरोना संक्रमित, रेकर्ड तोडियो
१० वर्षमा ४१ क्विन्टल १७ किलो सुन तस्करी
१० वर्षमा ४१ क्विन्टल १७ किलो सुन तस्करी
अब यस्तो मोटरबाइक आउने जसमा मानवीय क्षति करिब करिब शुन्य
अब यस्तो मोटरबाइक आउने जसमा मानवीय क्षति करिब करिब शुन्य
चौलागाईको नेत्तृत्वमा इजरायल उड्यो २० जनाको समूह
चौलागाईको नेत्तृत्वमा इजरायल उड्यो २० जनाको समूह
पार्टी निर्माणको काममा लाग्न  पूर्व वाणिज्य मन्त्री थकालीको निर्देशन !
पार्टी निर्माणको काममा लाग्न पूर्व वाणिज्य मन्त्री थकालीको निर्देशन !
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

तपाईंले छुटाउनुभयो कि?