चट्याङ परेर घरै जलेर नष्ट
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
महोत्तरी । महोत्तरीको बर्दिवासमा चटयाङ पर्दा घरै जलेर नष्ट भएको छ । बर्दिवास नगरपालिका–११ को चनौटेमा अजय डिम्डोङको घर शनिबार दिउँसो परेको चटयाङले जलेर खरानी भएको हो ।
बिहानभरि परेको पानी थामिएपछि वस्तुभाउ फुकाउने र घाँसदाउराको जोहो गर्न परिवारका सबै निस्किएका बेला चट्ययाङ परेकाले मानवीय क्षति भने भएको छैन ।
दिउँसोतिर पानी थामिएकै बेला ठूलो आवाजमा परेको चटयाङले डिम्डोङको घर र घरमा रहेका अन्नपात, लत्ताकपडा र भाँडाकुँडासहितका सामान भने केही नबचेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
बर्दिवासचोकबाट करीब ३० किलोमिटरको दूरीमा चुरे पहाडी काँठमा रहेको चनौटे बस्तीमा चट्ययाङ परेको हो । मोटरबाटो पनि राम्रो बनिनसकेको सो बस्तीमा भएको घटनाबारे बर्दिवासमा ढिलो जानकारी आउँदा प्रहरी टोली ढिलो गरी पुगेको थियो । घटनापछि डिम्डोङ परिवारको बिचल्ली भएको छ ।
प्रतिक्रिया