चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष १३, २०८१
|
|
१२८ पटक हेरिएको
Shares
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा

सारांश

  • काठमाडौं।
  • पुस महिनामा नेपाली निर्माता तथा निर्देशकले चलचित्र प्रदर्शनलाई प्राथमिकतामा राख्ने गरेका छन्।
  • विदेशी ठूला बजेटका चलचित्र, चिसो मौसमले गर्दा पुसलाई नेपाली निर्माताले प्राथमिकतामा राख्ने गर्दैनन्।

काठमाडौं। पुस महिनामा नेपाली निर्माता तथा निर्देशकले चलचित्र प्रदर्शनलाई प्राथमिकतामा राख्ने गरेका छन्।

विदेशी ठूला बजेटका चलचित्र, चिसो मौसमले गर्दा पुसलाई नेपाली निर्माताले प्राथमिकतामा राख्ने गर्दैनन्। यद्यपि केही नेपाली चलचित्र अहिले चलचित्र भवनमा प्रदर्शनरत छन्।

गत पुस ५ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘बम बहादुर’ प्रदर्शनरत छ। भारतको दार्जिलिङ र पहाड तथा आसपास क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको संघर्षको विषयलाई समेटिएको निर्देशक जोन राईले जानकारी दिए।

उनका अनुसार सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोहअवरोहलाई चलचित्रमार्फत पर्दामा प्रस्तुत गरिएको छ।

“चलचित्रमा मुख्य पात्र बमबहादुरको संघर्षमय जीवनको कथा देखाइएको छ। यो चलचित्र नेपाली समुदायको ऐतिहासिक र सांस्कृतिक महत्वलाई बुझेका दर्शकहरूको लागि मात्र होइन, भारत र नेपालका युवा पुस्तालाई आफ्नो पहिचान र इतिहासबारे जानकारी दिने हिसाबले पनि महत्वपूर्ण छ”, निर्देशक राईले भने।

यसमा अभिनेता सौगात मल्ल, अभिनेत्री अनिशा रसाइली, अजय प्रधान, प्रशान्त राई, शान्तिला तामाङ, बाल कलाकार वशिष्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्रीलगायतले अभिनय गरेका छन्।

यसका साथै गत बुधवार पुस १० देखि ‘देववाणी’ लाई बाबुसाहेब बलामीले निर्देशन गरेका हुन्। कुञ्जन भारद्वाज, अञ्जु लेप्चा, सुनिल थापा, ह्यारी जोस, रवीन्द्र झा लगायतका कलाकारले अभिनय गरेको चलचित्र काठमाडौं बाहिर प्रदर्शनरत छ।

सुरुआती व्यापार उत्साहाजन गर्न नसकेपछि यसको काठमाडौं उपत्यका प्रदर्शन हुन सकेको छैन। अर्थात् चलचित्र भवनले यस चलचित्रलाई शो उपलब्ध गराएका छैनन्।

यस्तै, गत मङ्सिर ७ देखि प्रदर्शन भएको चलचित्र ‘तेल भिसा’ उपत्यका र मोफसलका केही चलचित्र भवनमा प्रदर्शनरत छ। निर्देशक शंकर घिमिरेले आफ्नो सन्तान भेट्न प्रवास पुग्ने अभिभावकको भोगाईमा चलचित्रलाई तयार गरेका हुन्।

यसमा छोराको सन्तान हुने भएपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा देखाइएको छ। यसमा अभिनेता विपिन कार्कीले दोहोरो भूमिका निर्वाह गरेका छन्। यसमा अभिनेता कार्कीसँगै पूजा चन्द, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरुले अभिनय गरेका छन्।

यस्तै, नेपाली चलचित्रको इतिहासमा सबै भन्दा बढी व्यापार गर्न सफल भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनरत छ । गत कत्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले सफलतापूर्वक ५१ औं दिन पार गरिसकेको छ। यसको नेपालमै ५० करोडको हाराहारीमा व्यापार (ग्रस कलेक्सन) भएको निर्माण पक्षले दाबी गरेको छ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा अभिनेता विजय बराल, मुकुन भुसाल, बुद्धी तामाङ, प्रकाश सपूत, अभिनेत्री अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन्।

अहिले नेपालका चलचित्र भवनमा विदेशीको तुलनामा स्वदेशी चलचित्र नै बढी देखिएका छन्। दर्शकले नेपाली चलचित्रलाई प्राथमिकता दिएपछि यस्तो सम्भव भएको वितरक करण श्रेष्ठले बताए।

“नेपाली चलचित्रका लागि यो वर्ष निकै सुखद देखिएको छ। यो साथले धेरै चलचित्रकर्मीलाई हौसला दिएको छ। अहिलेसम्म प्रदर्शन भएका चलचित्रको समग्र व्यापार हेर्दा आउँदो वर्ष निर्माण सङ्ख्या बढ्नेमा दुईमत छैन”, वितरक श्रेष्ठले भने।

बेलाबखतमा चलचित्र भवनले शो नदिएको गुनासो सुनिएता पनि यस वर्ष नेपाली चलचित्रले चलचित्र भवनमा आफूलाई अब्बल सावित गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा र फोरमपनि सरकारमा सहभागी होउन भन्ने हाम्रो चाहना छ : महासेठ
राजपा र फोरमपनि सरकारमा सहभागी होउन भन्ने हाम्रो चाहना छ : महासेठ
बेलायतमा अर्थमन्त्री सुनकले राजीनामा दिएपछि संकटमा जोनसन सरकार
एउटै कोठामा तीनवटा मन्त्रालय !
एउटै कोठामा तीनवटा मन्त्रालय !
महन्थसँग पार्टी एकता नभए एमालेसँग मिल्ने उपेन्द्रको तयारी
महन्थसँग पार्टी एकता नभए एमालेसँग मिल्ने उपेन्द्रको तयारी
एभर्टनमाथि म्यानचेस्टर सिटी ३-१ ले विजयी
एभर्टनमाथि म्यानचेस्टर सिटी ३-१ ले विजयी
एयरपोर्ट सुनकाण्डमा समातिएका एसएसपी खत्री २ लाख धरौटीमा छुटे
एयरपोर्ट सुनकाण्डमा समातिएका एसएसपी खत्री २ लाख धरौटीमा छुटे
डाक्टरले थप ५० प्रतिशत भत्ता पाउने
डाक्टरले थप ५० प्रतिशत भत्ता पाउने
डा गोविन्द केसीलाई कैदी सरह राखीयाे: नेपाल चिकित्सक संघ
डा गोविन्द केसीलाई कैदी सरह राखीयाे: नेपाल चिकित्सक संघ
सङ्घीयताको मर्म र भावनाअनुरुप समन्वय तथा सहकार्यको खाँचो छ : पूर्वमुख्यमन्त्री शाही
सङ्घीयताको मर्म र भावनाअनुरुप समन्वय तथा सहकार्यको खाँचो छ : पूर्वमुख्यमन्त्री शाही
उपनिर्वाचन २०७६ : राप्रपा संयुक्त र आमूल परिवर्तन पार्टीको उम्मेदवारी खारेज
उपनिर्वाचन २०७६ : राप्रपा संयुक्त र आमूल परिवर्तन पार्टीको उम्मेदवारी खारेज

तपाईंले छुटाउनुभयो कि?