चार युवाद्वारा आइसोलेसनमा दूध सहयोग

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १६, २०७७
|
|
३७ पटक हेरिएको
Shares
चार युवाद्वारा आइसोलेसनमा दूध सहयोग

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

सदरमुकाम दमौली बजारका चार युवा मिलेर सोमबार आइसोलेसनमा बसेकाहरुका लागि दैनिक २० लिटरसम्म दूध व्यवस्थापन गरेका छन् । दमौलीका दुई स्थानमा स्थापना गरिएको आइसोलेसन कक्षमा रहेका व्यक्तिको पौष्टिक आहारमा वृद्धि गराउने उद्देश्यले युवाहरूले एक महिनासम्म दूध उपलब्ध गराउने गरी व्यवस्थापन गरेका हुन् । व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस र व्यास नगरपालिका–३ स्थित व्यासगुफा नजिक स्थापना गरिएको आइसोलेसन कक्षमा रहेका व्यक्तिका लागि दूध व्यवस्थापन गरिएको हो ।

आइसोलेसन कक्षमा रहेका व्यक्तिलाई उपचारका क्रममा पौष्टिक आहारको कमी नहोस् भनी असार १५ देखि साउन १५ सम्म एक महिनाका लागि चार युवाले दूध व्यवस्थापन गरेको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो ।

उक्त सहयोगका लागि नेपाली काँग्रेस तनहुँका सदस्य एवं खनाल कन्स्ट्रक्शनका सञ्चालक लक्ष्मीभक्त खनाल, नेविसङ्घ तनहुँका पूर्वअध्यक्ष वसन्तबहादुर आले र सुगम पेट्रोलपम्पका सञ्चालक महेश बताससहितले करिब रु दुई लाख बराबरको दुग्ध व्यवस्थापन गरेको उहाँले बताउनुभयो । राज्यले तोकेको र दिँदै गरेको सुविधाभित्र दूध नपरेको देखेपछि चार युवा मिलेर सहयोग योजनाअनुरुप दूध व्यवस्थापन गरिएको युवानेता लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो ।

जिल्लाभित्र स्थापना गरिएका आइसोलेसन तथा क्वारेन्टिनमा रहेका व्यक्तिलाई आवश्यकतानुरुप मास्क, खाजा, पानी र पौष्टिक आहारलगायतका आवश्यक वस्तु सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
आइसोलेसन कक्षमा रहेर उपचार गराउँदै आएका व्यक्तिको रोगसँग लड्न सक्ने क्षमता वृद्धि गराउन युवाहरुले गरेको सहयोग समाजका लागि उदाहरणीय रहेको आइसोलेसन कक्षका अहेब महेन्द्र गौतमले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ : झलनाथ खनाल
राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ : झलनाथ खनाल
वामदेव गौतमलाई सांसद बनाउने तयारी
ट्रकमा बोलेरो ठोक्किँदा एकको मृत्यु
नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी
नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी
चिनियाँ राष्ट्रपतिका लागि सोल्टी होटल शनिबार र आइतबार पुरै रिजर्भ
चिनियाँ राष्ट्रपतिका लागि सोल्टी होटल शनिबार र आइतबार पुरै रिजर्भ
ओली सरकारले राष्ट्रघात गरेको भन्दै विप्लव माओवादीद्वारा नेपालबन्दको घोषणा
ओली सरकारले राष्ट्रघात गरेको भन्दै विप्लव माओवादीद्वारा नेपालबन्दको घोषणा
प्रचण्ड र ओलीको गम्भिर मन्थन, दुवैले गरे आत्मालोचना
प्रचण्ड र ओलीको गम्भिर मन्थन, दुवैले गरे आत्मालोचना
बक्यौता रकम नतिरेपछि भृकुटीमण्डपको सार्वजनिक पुस्तकालयसहितका स्टलहरूमा सरकारको ताला
बक्यौता रकम नतिरेपछि भृकुटीमण्डपको सार्वजनिक पुस्तकालयसहितका स्टलहरूमा सरकारको ताला
झापामा एक १७ बर्षीया किशोरी बलाकृत, एक जना युवा पक्राउ
झापामा एक १७ बर्षीया किशोरी बलाकृत, एक जना युवा पक्राउ
केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवती उद्धार
केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवती उद्धार