चिनियाँ राष्ट्रपति सीलाई कोरोना भाइरसको संक्रमण भएको हल्ला फैलिएपछि

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २३, २०७६
|
|
३५ पटक हेरिएको
Shares
चिनियाँ राष्ट्रपति सीलाई कोरोना भाइरसको संक्रमण भएको हल्ला फैलिएपछि

सारांश

  • चिनियाँ राष्ट्रपति सी चिनफिङ केही दिनयता सार्वजनिक रुपमा देखिएनन् ।
  • प्रायः सक्रिय रहिरहने उनी नदेखिनुले विभिन्न आशंकाहरु फैलिए ।
  • चीनमा कोरोना भाइरसको संक्रमण बढिरहँदा चिनफिङ नदेखिंदा कतै उनलाई पनि रोगले समातेको त होइन ?

चिनियाँ राष्ट्रपति सी चिनफिङ केही दिनयता सार्वजनिक रुपमा देखिएनन् । प्रायः सक्रिय रहिरहने उनी नदेखिनुले विभिन्न आशंकाहरु फैलिए ।चीनमा कोरोना भाइरसको संक्रमण बढिरहँदा चिनफिङ नदेखिंदा कतै उनलाई पनि रोगले समातेको त होइन ? भन्ने सम्मको विषय उठ्यो । केही अन्तर्रा्ष्ट्रिय मिडियाले यसबारे आशंका समेत गरे । विशेषगरी पश्चिमा सञ्चार माध्यमले सी चिनफिङ किन देखिएनन् ? भनी विश्लेषण समेत गरे ।

तर, धेरैको आशंका र हल्लालाई झुटा सावित गर्दै सी चिनफिङ हिजो सार्वजनिक रुपमा देखिए । उनलाई भेट्न कम्बोडियाका प्रधानमन्त्री हुन सेन बेइजिङ पुगेका थिए । चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि हुन सेन बेइजिङ पुग्ने पहिलो विदेशी नेता हुन् । हुन सेनको आगमनबाट सी चिनफिङ निकै खुशी भए । असल साथी आवश्यक पर्दा हुनुपर्ने भन्दै हुन सेनको प्रशंशा गरे ।(एजेन्सीको सहयोगमा एजयतय क्यगचअभस् ह्ष्लजगब

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?