चिनियाँ विदेशमन्त्री वाङद्वारा देउवा र प्रचण्डसँग छुट्टाछुट्टै भेट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २४, २०७६
|
|
३८ पटक हेरिएको
Shares
चिनियाँ विदेशमन्त्री वाङद्वारा देउवा र प्रचण्डसँग छुट्टाछुट्टै भेट

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङले नेपाल भ्रमणको अन्तिम दिन मंगलबार बिहान काँग्रेस सभापति देउवा र सत्तारुढ नेकपाका अध्यक्ष दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

काठमाडौंको नक्सालस्थित होटल म्यारियोटमा भएको भेटवार्तामा दुवै पार्टीका नेताहरुसँग विदेशमन्त्री वाङले दुई पक्षीय हित र दुई पार्टीबीचको सम्बन्धमा विषयमा छलफल गरेका थिए। पहिलो भेट प्रमुख प्रतिपक्षका नेता देउवासहितका काँग्रेस प्रतिनिधिमण्डलसँग गर्नु भएका उनले त्यसपछि सत्तारुढ नेकपाका अध्यक्ष दाहालसँग भेटवार्ता गरेका थिए।

चिनियाँ विदेशमन्त्री वाङसँगको भेटवार्ता उत्साहवद्र्धक रहेको सत्तारुढ नेकपाका अध्यक्ष दाहालले प्रतिक्रिया दिए। उनले चिनियाँ विदेशमन्त्रीसँगको सो भेटपछि दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने, नेपालको आर्थिक विकासमा चिनियाँ लगानी थप हुने तथा दुई पार्टीबीचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे।

चिनियाँ विदेशमन्त्री वाङसँगको भेटवार्तामा पूर्व प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवा र नेकपाका अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी जीन पिङको नेपाल भ्रमणबारे चासो व्यक्त गरेका थिए। आइतबार साँझ नेपालको ३ दिने औपचारिक भ्रमणका लागि आएका चिनियाँ विदेशमन्त्री वाङले सोमबार राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली शिष्टाचार भेटवार्ता गरेका थिए भने समकक्षी प्रदिप ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गरेका थिए। चिनियाँ विदेशमन्त्री वाङ मंगलबार(आजै) अपरान्ह स्वदेश फर्किने कार्यक्रम छ।

(www.drogueriasanjorge.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ