मुख्यमन्त्रीका लागि सक्षम छु : नेता राई

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ १७, २०७४
|
२
|
५२ पटक हेरिएको
Shares
मुख्यमन्त्रीका लागि सक्षम छु : नेता राई

सारांश

  • भोजपुर, माघ १७ ।
  • नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रदेश नं।
  • १ को मुख्यमन्त्रीका लागि आफू सक्षम रहेको बताएका छन् ।

भोजपुर, माघ १७ । नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रदेश नं। १ को मुख्यमन्त्रीका लागि आफू सक्षम रहेको बताएका छन् ।

जिल्लाको पौवादुङ्गा गाउँपालिकाका वार्षिक बजेट र कार्यक्रम घोषणासभामा उनले आफू प्रदेश नं। १ को सरकारको नेतृत्वका लागि सक्षम रहेको बताएका हुन् ।

भोजपुर निर्वाचन क्षेत्र नं। २ ९ख० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका नेता राईले भने– “प्रदेश सरकारको नेतृत्वको दौडमा म बलियोरुपमा प्रस्तुत भएको छु, सम्भवत मुख्यमन्त्रीको जिम्मेवारी मेरो काँधमा आउनेछ ।”

सो प्रदेशको मुख्यमन्त्रीका लागि एमालेका सचिव एवं पूर्व संस्कृतिमन्त्री भीमप्रसाद आचार्यले पनि आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।

नेता राईले आउँदो फागुन पहिलो साताभित्र केन्द्र र प्रदेश सरकार बनिसक्ने र नयाँ सरकार बनेपछि मुलुकमा समृद्धिको महाअभियान शुरु हुने बताउँदै अब नेपाल कुनै अलमल र अराजकतामा नफस्ने दावी गरे ।

मुलुकका सात मध्ये छ वटा प्रदेशमा वाम गठबन्धनले सरकारको नेतृत्व गर्ने र अबको पाँच वर्ष जनताले दिएको जनादेशबमोजिम केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर देश विकासको योजनावद्ध अभियान सञ्चालन गरिने पनि उनले बताए ।

विकास निर्माणका काममा स्थानीय सरकारलाई जवाफदेही बनाउन सहयोगी भई खबरदारी गर्न पनि सांसद् राईले स्थानीय सरकारलाई थप बजेट र कार्यक्रम दिन आगामी प्रदेश सरकार तयार हुने पनि बताए ।

नेकपा माओवादी केन्द्रबाट नवनिर्वाचत प्रतिनिधिसभा सदस्य सुदन किराँतीले प्रदेश नं। १ ले राईलाई मुख्यमन्त्रीका रुपमा पाउने आशा व्यक्त गर्दै विकास निर्माणका काममा नयाँ सरकारपछि तिब्रता आउने स्पष्ट पारे ।

स्थिरता र विकासका लागि निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार एमालेसँगको एकता हुने पनि उनले बताए ।

सो गाउँपालिकाको सोमबारको प्रथम गाउँसभाले खानेपानी, सडक, विद्युत्, कृषि, पर्यटन, सञ्चार, खेलकुद, स्वास्थ्य, शान्तिसुरक्षा र शिक्षालगायतका कार्यक्रम र चालू पूँजीका लागि कुल रु २२ करोड २९ लाख ८१ हजारको बजेट पारित गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष किरण राईले जनताको चाहनाअनुसार आफूहरुले ल्याएका कार्यक्रम कार्यान्वयनका लागि केन्द्र र प्रदेश सरकारको सहयोग आवश्यक भएको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले वार्षिक बजेट र कार्यक्रम सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bishnu Rai

    तपाईं नै हुनु पर्छ ।

    Comment Author

    Rupchan Tamang

    Best of luck

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तान्त्रिकसँग सेक्स नगरेपछि श्रीमानद्वारा श्रीमतीको हत्या
तान्त्रिकसँग सेक्स नगरेपछि श्रीमानद्वारा श्रीमतीको हत्या
नेपाली बैज्ञानिकले गरे चमत्कारीक आविष्कार, दुनियाँमै नभएको यस्तो प्रबिधि अब नेपालमा(नेपाल अघी बढ्दै छ)
नेपाली बैज्ञानिकले गरे चमत्कारीक आविष्कार, दुनियाँमै नभएको यस्तो प्रबिधि अब नेपालमा(नेपाल अघी बढ्दै छ)
रुपन्देहीको सिदार्थनगर नगरपालिकाको ताजा अपटेड
रुपन्देहीको सिदार्थनगर नगरपालिकाको ताजा अपटेड
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ६० ताेला बढी सुन बरामद
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ६० ताेला बढी सुन बरामद
जन्मदिन विशेषः ‘क्याप्टेन कूल’ पारसको ‘धोनीपथ’
जन्मदिन विशेषः ‘क्याप्टेन कूल’ पारसको ‘धोनीपथ’
सेतो गुम्बाका ल्होसार विशेष सांस्कृतिक कार्यक्रम हुने
सेतो गुम्बाका ल्होसार विशेष सांस्कृतिक कार्यक्रम हुने
यसरी हुँदैछ तीनै तहमा कर्मचारीहरको समायोजन
यसरी हुँदैछ तीनै तहमा कर्मचारीहरको समायोजन
नेपालको पहिलो सहभागितामै सफलता, दोस्रो चरणमा प्रवेश
नेपालको पहिलो सहभागितामै सफलता, दोस्रो चरणमा प्रवेश
इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको निधन
इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको निधन
वामदेव पराजय हुनुको कारण खोज्दै एमाले, अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
वामदेव पराजय हुनुको कारण खोज्दै एमाले, अन्तर्घात गर्नेलाई कारबाहीको तयारी

तपाईंले छुटाउनुभयो कि?