चीनमा एक महिनामा ६० हजार व्यक्तिको कोभिड सिर्जित समस्याका कारण मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ १, २०७९
|
|
४९ पटक हेरिएको
Shares
चीनमा एक महिनामा ६० हजार व्यक्तिको कोभिड सिर्जित समस्याका कारण मृत्यु

सारांश

  • बेइजिङ।
  •   चीनको स्वास्थ्य अधिकारीहरूले एक महिनाको अवधिमा कोभिड–१९ का कारण झण्डै ६० हजार व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।
  • सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गतको चिकित्सा प्रशासन ब्यूरोका प्रमुख जियाओ याहुईले पत्रकार सम्मेलनमा जानकारी दिए।

बेइजिङ।  चीनको स्वास्थ्य अधिकारीहरूले एक महिनाको अवधिमा कोभिड–१९ का कारण झण्डै ६० हजार व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।

सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गतको चिकित्सा प्रशासन ब्यूरोका प्रमुख जियाओ याहुईले पत्रकार सम्मेलनमा जानकारी दिए।

यो आँकडाले चिकित्सा सुविधाहरूमा रेकर्ड गरिएका मृत्युहरूलाई मात्र बुझाउने हुँदा कूल सङ्ख्या योभन्दा बढी हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

जिआओका अनुसार योमध्ये पाँच हजार ५०३ जनाको मृत्यु कोभिडका कारण आएको श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भएको छ भने ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका अन्य अन्तर्निहित रोगका कारण भएको हो ।

गत डिसेम्बरको सुरुमा शून्य कोभिड नीति त्यागेपछि चीनमाथि भाइरसका कारण मृत्यु हुनेको सङ्ख्यालाई कम आँकलन गरेको आरोप लाग्दै आएको छ । तर स्वास्थ्य अधिकारीहरुले यकिन सङ्ख्याका बारेमा जानकारी लिन आवश्यक नभएको बताएका छन् ।

बेइजिङले यसअघि कोभिड–१९ का कारण हुने मृत्युको वर्गीकरण गर्ने आफ्नो पद्धतिमा संशोधन गर्दै भाइरसका कारण श्वासप्रश्वासमा समस्या भएर मृत्यु हुनेको मात्र गणना गर्ने बताएको थियो । तर विश्व स्वास्थ्य संगठनले यसको आलोचना गर्दै नयाँ परिभाषा ‘अत्यन्तै सङ्कीर्ण’ भएको बताएको थियो ।

कोभिड–१९ का कारण हुने मृत्युको वर्गीकरणबारे डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले भन्नुभयो, “संगठनले चीनलाई अस्पताल भर्ना र मृत्युको बारेमा थप छिटो, नियमित, भरपर्दो तथ्याङ्कका लागि निरन्तर आग्रह गरिरहेको छ ।”

चीनका स्वास्थ्य अधिकारीहरूले मृत्यु हुनेको औसत आयु ८०.३ वर्ष रहेको र ९० प्रतिशतभन्दा बढी ६५ वर्षभन्दा माथिका रहेको बताएका थिए । तीमध्ये अधिकांश आधारभूत अवस्थाबाट पीडित रहेको उनीहरूले बताएका छन् । चीनमा ६० वर्षभन्दा माथिका लाखौं मानिसले खोप लगाएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उडान थप्दै अन्तर्राष्ट्रिय विमान कम्पनी
उडान थप्दै अन्तर्राष्ट्रिय विमान कम्पनी
अफगानिस्तानले नेपाललाई दियो १९१ रनको विजयी लक्ष्य
अफगानिस्तानले नेपाललाई दियो १९१ रनको विजयी लक्ष्य
बागमतीमा मन्त्रिपरिषद विस्तार: १३ मन्त्रीको कार्यविभाजन
बागमतीमा मन्त्रिपरिषद विस्तार: १३ मन्त्रीको कार्यविभाजन
कोशीमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलेपछि सुनसरी प्रशासन हाई अलर्टमा, सुरक्षा टोलीद्वारा ब्यारेजको स्थलगत अनुगमन
कोशीमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलेपछि सुनसरी प्रशासन हाई अलर्टमा, सुरक्षा टोलीद्वारा ब्यारेजको स्थलगत अनुगमन
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
साउन २२ गते बुधबारको राशिफल यस्तो छ
नेप्से परिसूचकमा दोहोरो अङ्कले गिरावट
नेप्से परिसूचकमा दोहोरो अङ्कले गिरावट
महामन्त्री शर्मा भन्छन् :  कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से
महामन्त्री शर्मा भन्छन् : कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से
लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा : योगेश भट्टराई
लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा : योगेश भट्टराई
डोटीको पूर्वीचौकी ६ नम्बर वडामा कांग्रेसका थापा विजयी
डोटीको पूर्वीचौकी ६ नम्बर वडामा कांग्रेसका थापा विजयी

तपाईंले छुटाउनुभयो कि?