चुनाव प्रचार गर्न निस्किएका अरविन्द केजरीवालले किन थप्पड खाए ?
सारांश
- नयाँ दिल्ली ।
- दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका अरविन्द केजरीवाललाई एक व्यक्तिले थप्पड हानेका छन् ।
- पश्चिमी दिल्लीको मोतीनगर इलाका एक चुनावी र्यालीका क्रममा केजरीवालमाथि सुरेश नाम गरेका ३३ बर्षिय युवाले थप्पड हानेका हुन् ।
नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका अरविन्द केजरीवाललाई एक व्यक्तिले थप्पड हानेका छन् । पश्चिमी दिल्लीको मोतीनगर इलाका एक चुनावी र्यालीका क्रममा केजरीवालमाथि सुरेश नाम गरेका ३३ बर्षिय युवाले थप्पड हानेका हुन् । चुनाव प्रचारका क्रममा खुला जिपमा रहेका केजरीवाललाई जिपको बोनटमा चढेर थप्पड हानेको बताइएको छ ।
आम आदमी पार्टीले यो हमला केजरिवालमाथिको हमला नभएर दिल्ली र यँहाको जनमतमाथिको हमला भएको बताएको छ । साथै आम आदमी पार्टीले यो घटना सत्तारुढ दल बिजेपीले गराएको आरोप लगाएको छ । हमलापछि आम आदमी पार्टीका कार्यकर्ताले हमलावारलाई समातेर प्रहरीलाई बुझाएको बताइएको छ ।
केजरिवालमाथि यस अघि २०१४ मा चुनावको क्रममा एक अटो ड्राइभरले थप्पड हानेका थिए । त्यस्तै २०१६ मा केजरीवाललाई अन्डाले हमला गरिएको थियो । त्यस्तै सन् २०१६ मा एक पत्रकार सम्मेलनका क्रममा एक युवाले जुत्ता फालेर उनको विरोध गरेका थिए । त्यस्तै २०१८ मा समस्या लिएर भेट्न गएको एक युवकले केजरीवालमाथि खुर्सानीको घुलो फालेका थिए ।
प्रतिक्रिया