चुनाव हुने आशमा बजारमा वृद्धि, तिहारअघि बढेर बन्द

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक १, २०७४
|
|
५० पटक हेरिएको
Shares
चुनाव हुने आशमा बजारमा वृद्धि, तिहारअघि बढेर बन्द

सारांश

  • १ कात्तिक, काठमाडौं ।
  • कारोबारको पहिलोसत्रमा घट्दो क्रममा देखिएको बजार बन्द हुँदा ९.
  • १७ अंकले बढेर १ हजार ५ सय ६८ विन्दुमा आइपुगेको छ ।

१ कात्तिक, काठमाडौं । कारोबारको पहिलोसत्रमा घट्दो क्रममा देखिएको बजार बन्द हुँदा ९.१७ अंकले बढेर १ हजार ५ सय ६८ विन्दुमा आइपुगेको छ ।

संघ र प्रदेशको मतपत्र एउटै भएको भन्दै सर्वोच्च अदालतमा परेको उजुरीको निर्णयमा सरकारलाई चुनाव गर्न बाटो खुला भएपछि लगानीकर्ताहरुमा पनि आश जाघेको हो । सोमवार बढेको बजार सरकारबाट माओवादी बाहिरिने, चुनाव सर्न सक्ने खबरहरु आएपछि मंगलवार घटेको थियो ।

बुधवार तिहार अघिको अन्तिम कारोबार हो । बजार बढेर बन्द हुँदा यसले तिहारपछि पनि बजार बढ्ने अपेक्षा लगानीकर्ताहरुलाई गराएको छ । तिहारपछि बजारमा अहिले जस्तो सेयर आपुर्तीको चाप नहुने अनुमान सरोकारवालाहरुले गरेका छन् ।

चुनाव र सरकारको सम्बन्धमा भावि दिनमा आउने खबरहरुले भने बजारमा तरंगहरु आइरहने सम्भावना भने छ । हाल बैंकहरुले निक्षेपको व्याजदर थप घटाइरहेकोले पनि बजारमा लगानीकर्ताको आकर्षण बढ्ने मानिएको छ । अझै कतिपय संस्थाहरुबाट लाभांश तथा लाभांश प्राप्त गर्न सकिने दिन (बुक क्लोज) घोषणा हुन बाँकी रहेकोले पनि बजार वृद्धि हुनेमा लगानीकर्ताहरु आशावादी देखिएका छन् । त्यस्तै, चुनाव सम्पन्न हुन सकेमा बजारमा २ सयसम्म वृद्धिको अपेक्षा विश्लेषकहरुले गरेका छन् । त्यसअघि भने बजारमा उच्च वृद्धि नहुने उनीहरुको प्रक्षेपण छ ।

बुधवार भने सेयर बजारमा कारोबार रकम घटेको छ । नियमित कारोबार हुने लगभग १४ कम्पनीको सेयर कारोबार मध्यसम्म खुला नभएकोले पनि बजारमा कारोबार रकम घटेको हो । ४३ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको हो भने कारोबार भएका कम्पनीको संख्या अघिल्लो दिनको तुलनामा केही घटेर १ सय ४५ मा सिमित भएको छ । नविकरण शुल्क समयमा नबुझाउदा ती कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो । शुल्क प्राप्त हुने वित्तीकै नेप्सेले कारोबार खुला गरिदिने गरेको छ ।

बजारमा रहेका सबै समूहगत परिसूचक बढेको छ । बिमा, ‘अन्य’ र व्यापारमुलक समूहमा सबैभन्दा धेरैले वृद्धि भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेलाडीलाई प्रतियोगिताको खाँचो छ: विनोद दास
खेलाडीलाई प्रतियोगिताको खाँचो छ: विनोद दास
अमेरिकामा भिषण आगलागीमा परी मृत्यु हुनेकाे संख्या ९३ पुग्याे
अमेरिकामा भिषण आगलागीमा परी मृत्यु हुनेकाे संख्या ९३ पुग्याे
५० वर्षपछि सुक्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओली : मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो
५० वर्षपछि सुक्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओली : मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो
निकुञ्ज घुम्ने पर्यटक बढे
निकुञ्ज घुम्ने पर्यटक बढे
शुक्लाफाँटामा चराका प्रजाति बढ्दै
शुक्लाफाँटामा चराका प्रजाति बढ्दै
सम्पत्ति शुद्धीकरणसम्बन्धी नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदन पारित
सम्पत्ति शुद्धीकरणसम्बन्धी नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदन पारित
चुनाव सार्ने राजपाको प्रस्ताव : कांग्रेस, एमालेको यस्तो जवाफ
चुनाव सार्ने राजपाको प्रस्ताव : कांग्रेस, एमालेको यस्तो जवाफ
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
आजको मौसमः सातै प्रदेशमा पानी पर्ने
आजको मौसमः सातै प्रदेशमा पानी पर्ने
राष्ट्रियसभाबाट दुई विधेयक पारित
राष्ट्रियसभाबाट दुई विधेयक पारित

तपाईंले छुटाउनुभयो कि?