चेपाङ बालबालिकालाई विद्यालय टिकाउनै गाह्रो

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
५५ पटक हेरिएको
Shares
चेपाङ बालबालिकालाई विद्यालय टिकाउनै गाह्रो

सारांश

  • भरतपुर, १७ फागुन,चितवनको इच्छाकामना गाउँपालिका– १ भाराङ्गीकी १८ वर्षकी लालकुमारी चेपाङका काखमा दुई सन्तान छन् ।
  • १५ वर्षको उमेरमा बिहे गर्नुभएकी लालकुमारीले कक्षा ४ मा पढ्दापढ्दै विद्यालय छाड्नु भएको थियो ।
  • कलिलो उमेरमै दुई सन्तानकी आमा बन्नुभएकी लालकुमारीको बिहेपछि धेरै अध्ययन गर्ने सपना अधुरो रह्यो ।

भरतपुर, १७ फागुन,चितवनको इच्छाकामना गाउँपालिका– १ भाराङ्गीकी १८ वर्षकी लालकुमारी चेपाङका काखमा दुई सन्तान छन् । १५ वर्षको उमेरमा बिहे गर्नुभएकी लालकुमारीले कक्षा ४ मा पढ्दापढ्दै विद्यालय छाड्नु भएको थियो ।

कलिलो उमेरमै दुई सन्तानकी आमा बन्नुभएकी लालकुमारीको बिहेपछि धेरै अध्ययन गर्ने सपना अधुरो रह्यो । लालकुमारीलाई अझै पनि पढ्ने इच्छा छ तर उहाँलाई काखका सन्तान स्याहार्ने फुर्सद छैन ।

लालकुमारी जस्तै इच्छाकामना–२ थाप्राङ्की २२ वर्षीय माया चेपाङको पनि अवस्था उस्तै छ । उहाँको बिहे भएको छ वर्ष भयो । मायाको १६ वर्षको उमेरमा बिहे भएको थियो । त्यतिबेला माया कक्षा ६ मा अध्ययन गर्नुहुन्थ्यो । बिबाहपछि उहाँले अध्ययनलाई निरन्तरता दिन सक्नु भएन । कलिलै उमेरमा उहाँका तीन सन्तानका आमा बन्नुभएको छ ।

‘‘सन्तानलाई पढाउने उहाँको इच्छा छ तर परिवारको अवस्थाले नियमित स्कुल पठाउन सक्ने अवस्था छैन्”, माया भन्नुहुन्छ, “गरीब भएकै कारण पढ्नसमेत नसक्ने अवस्था हुँदो रहेछ, मायाले गुनासो गर्नुभयो ।”

इच्छाकामना एककै सन्तु चेपाङ अहिले १६ वर्षको हुनुभयो । उहाँको पनि यसैवर्ष बिहे भएको हो । उहाँले एक कक्षा पनि पढ्न पाउनुभएको छैन् । घरको अवस्था र साना भाइबहिनी हेर्नुपरेका कारण पढ्न नपाएको उहाँ बताउनुहुन्छ । उहाँहरु जस्तै चितवनका पहाडी क्षेत्रका अधिकांश चेपाङ समुदायका बालबालिकाको पढाइ नियमित छैन् ।

कोही विद्यालय नै जान पाउँदैनन् भने गएका पनि नियमित हुँदैनन् । चेपाङ गाउँ पस्नेबित्तिकै पूरै जीउ नढाकिएका महिला र फाटेका जाँघे लगाएर खेल्दै गरेका निर्बाध बालबालिका देख्नु सामान्य नै हो । कतै स्कुल जाने उमेरका कलिला युवती काखे नानी लिएर काममा जोतिँदै गरेको देखिन्छ ।

चेतनाको अभाव, गरीबी र भौगोलिक विकटताका कारण चेपाङ बालबालिकालाई विद्यालयमा टिकाउनै समस्या देखिएको राष्ट्रिय आधारभूत विद्यालय भाराङका प्राचार्य दीपबहादुर गुरुङ बताउनुहुन्छ । बल्लतल्ल भर्ना भएका विद्यालय तहका बालबालिका बीचैमा पढाइ छोड्ने समस्या झन् तड्कारो बनेको उहाँको भनाइ छ । ‘‘अधिकांशका अभिभावक शिक्षित छैनन्’’ गुरुङले भन्नुभयो “बाबुआमा काममा जानुपर्ने भएकाले ठूलाले सानालाई हेर्नुपर्नै बाध्यता छ ।” भौगोलिक विकटताका कारण पनि कतिपय बालबालिका नियमित विद्यालय आउन नसकेको गुरुङले बताउनुभयो ।

चेपाङ गाउँको अर्को समस्या सानैमा कुल्ली काम गर्न बजार जानु पनि हो । परिवारको आर्थिक अवस्थाका कारण सानैमा घरखर्च चलाउन बालबालिकालाई श्रमको रुपमा प्रयोग गर्ने गरिएको गुरुङले बताउनुभयो । कक्षा ५ सम्म अध्ययन हुने राष्ट्रिय आधारभूत विद्यालय भाराङ्गमा २०९ जना विद्यार्थी छन् । तीमध्ये १५० जना मात्र नियमित छन् । पछिल्लो समय भरतपुरलगायतका क्षेत्रमा चेपाङ बालबालिका लागि खोलिएका विभिन्न संरक्षण केन्द्र र विद्यालयका कारण पनि गाउँमा अध्ययन गर्नेको कमी भएको उहाँले बताउनुभयो ।

इच्छाकामना गाउँपालिकाका शिक्षा अधिकृत दीपक सिग्देल खाजा कार्यक्रम हटेपछि चेपाङ बालबालिकालाई विद्यालयमा नियमित बनाउन धौधौ भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चेपाङ गाउँमा खाजा कार्यक्रम प्रभावकारी बनेको थियो, खाजा कटौती भएपछि बालबालिका विद्यालय आउनै छाडे ।” बालबालिकालाई नियमित विद्यालय ल्याउनका लागि अनुगमन र घरदैलोलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।

शिक्षक दरबन्दी मिलान गर्दा पनि बढी विद्यार्थी भएको विद्यालयमा शिक्षक पठाएको सिग्देलको भनाइ छ । चेपाङ बालबालिका विद्यालयमा नियमित नभएपछि एकीकृत गरेर छात्रवास सञ्चालन गरेर पढाउने योजना गाउँपालिकाको रहेको छ । इच्छाकामना–१ को मावि हात्तीबाङमा छात्रवास निर्माण भइरहेको सिग्देलले बताउनुभयो । चेपाङ गाउँका बालबालिका करीब तीन घण्टासम्म हिँडेर विद्यालय जान बाध्य छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकाका विस्तार हुँदै गरेका सडकमा पुल निर्माण गरिने
उपत्यकाका विस्तार हुँदै गरेका सडकमा पुल निर्माण गरिने
काममा फर्किएका गभर्नर अधिकारीले भने-कुनै पूर्वाग्रह राखेर काम गर्दैनाैं
काममा फर्किएका गभर्नर अधिकारीले भने-कुनै पूर्वाग्रह राखेर काम गर्दैनाैं
प्रदेश र केन्द्रको चुनाव घोषणा भएकैबेला ओलीले ल्याए नयाँ प्रस्ताव
प्रदेश र केन्द्रको चुनाव घोषणा भएकैबेला ओलीले ल्याए नयाँ प्रस्ताव
ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’ देखेर फ्यानले भने-यति ह्यान्डसम कसरी?
ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’ देखेर फ्यानले भने-यति ह्यान्डसम कसरी?
श्रीलंकाको गृहयुद्धमा वेपत्ता २० हजार मृत घोषित
श्रीलंकाको गृहयुद्धमा वेपत्ता २० हजार मृत घोषित
नवनिर्वाचित वडा सदस्य सुतेकै अवस्थामा मृत फेला
नवनिर्वाचित वडा सदस्य सुतेकै अवस्थामा मृत फेला
गायिका गायिका आस्था राउतद्वारा प्रहरीमा आत्मसमर्पण
गायिका गायिका आस्था राउतद्वारा प्रहरीमा आत्मसमर्पण
काठमाडौंमै एक युवतीमाथि एसिड हानियो
काठमाडौंमै एक युवतीमाथि एसिड हानियो
न्युयोर्कमा हमला गर्ने आफ्ना सैनिक– आइएस, आक्रमणकारीलाई मृत्युदण्ड दिनुपर्छ– राष्ट्रपति ट्रम्प
न्युयोर्कमा हमला गर्ने आफ्ना सैनिक– आइएस, आक्रमणकारीलाई मृत्युदण्ड दिनुपर्छ– राष्ट्रपति ट्रम्प
केन्यामा निर्वाचन हुन बाँकी भएका ठाउँमा पनि चाँडै निर्वाचन गर्ने तयारी
केन्यामा निर्वाचन हुन बाँकी भएका ठाउँमा पनि चाँडै निर्वाचन गर्ने तयारी

तपाईंले छुटाउनुभयो कि?