छत्तिस हजारमै जापान उड्न पाइने

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण १३, २०७६
|
|
६० पटक हेरिएको
Shares
छत्तिस हजारमै जापान उड्न पाइने

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ।
  • आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो।

काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ।आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो। उक्त गन्तव्यमा दुईतर्फी भाडा ७२ हजार ८१४ कायम गरिएको छ। निगमको यो प्रवद्र्धनात्मक भाडा हो। दशैँअघि पुनःअर्को भाडादर निर्धारण गरिने जनाइएको छ।निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने योजना बनाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए।

निगमले वाइडबडी ए–३३० जहाजमार्फत ओसाका उडान गर्नेछ। काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ। निगमको उडान तालिकाअनुरुप एनए ४११ उडान नम्बरको जहाज काठमाडौँबाट ओसाका दिउँसो २ः३० बजे उडेर ओसाकाबाट राति ११ः५५ बजे काठमाडौँ अवतरण गर्नेछ। वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्य उडान भर्न लागेको हो। गत असार र साउन महीनामा निगमले खरीद गरेका दुई वाइडबडी जहाजले पुरानै छोटो दूरीको गन्तव्यमा पालैपालो उडान भर्दै आएका थिए।

निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र ९एओसी० पाएको थियो। निगमले चीन, जापान, कोरिया र साउदी अरबमा उडान गर्ने व्यापारिक योजनाअनुसार वाइडबडी जहाज भित्र्याएको थियो। निगमले एकदशकअघि जापान उडान बन्द गरेको थियो। चीनको साङ्घाइबाट ओसाकाको कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको एयरलाइन्सले जहाज अभावमा बन्द गरेको थियो।

नेपाल–जापानबीचको द्विपक्षीय हवाई सम्झौताअनुसार निगमले जापानको हानेदा एयरपोर्ट बाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउनेछन्। विसं २०७५ पुस २५ गते जापानका परराष्ट्रमन्त्री तारो कोनो नेपाल भ्रमणमा आएका बेला हप्तामा १४ उडान भर्ने गरी काठमाडौँ–नारिता हवाई सेवा सम्झौता भएपछि निगमले त्यसका लागि जापान सिभिल एभिएसन ब्यूरो ९जेक्याब० लाई पत्राचार गरेको थियो।

जापानकै अर्को मुख्य गन्तव्य नारिता अन्तर्राष्ट्रिय विमानस्थमा उडान गर्ने प्रक्रिया अघि बढाएको छ। नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन्। सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए। निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेशिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइडबडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरु भयो रसुवागढी–काठमाडौँ रेलमार्गको अध्ययन, तीन महिनामा सकिने
सुरु भयो रसुवागढी–काठमाडौँ रेलमार्गको अध्ययन, तीन महिनामा सकिने
देउवाले नैतिकता र जिम्मेवारी हेरेर संसदीय दलको नेता बन्न अघि सर्नु हुँदैन : पौडेल
देउवाले नैतिकता र जिम्मेवारी हेरेर संसदीय दलको नेता बन्न अघि सर्नु हुँदैन : पौडेल
साउन १ गतेदेखि खुल्ला हुँदै यातायातको लाइसेन्स फारम
साउन १ गतेदेखि खुल्ला हुँदै यातायातको लाइसेन्स फारम
बजेट समीक्षा :आकार दुई खर्ब ४४ अर्बले घटाइयो
बजेट समीक्षा :आकार दुई खर्ब ४४ अर्बले घटाइयो
सामाजिक अगुवाको स्मृतिमा छात्रवृत्ति प्रदान
सामाजिक अगुवाको स्मृतिमा छात्रवृत्ति प्रदान
स्वास्थ्यमन्त्री गगन थापाको विदाई सम्बोधनमा श्रीमती अञ्जनाका आँसु ..
स्वास्थ्यमन्त्री गगन थापाको विदाई सम्बोधनमा श्रीमती अञ्जनाका आँसु ..
प्रादेशिक संरचना सुदृढ भए सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल
प्रादेशिक संरचना सुदृढ भए सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल
झापा जाँदै गरेको जीप एकाबिहानै दुर्घटना, ६ को मृत्यु, ४ घाइते
झापा जाँदै गरेको जीप एकाबिहानै दुर्घटना, ६ को मृत्यु, ४ घाइते
Do not Just Remain There! Get started with Legitimate Ukraine Dating Sites for CherylHearts. net
बेलायती एक ठिटो दुर्व्यवहारको प्रत्यक्ष कारणबाटै अर्बपति, ‘कम्प्युटर ह्याकर’ बनेर धनाढ्य
बेलायती एक ठिटो दुर्व्यवहारको प्रत्यक्ष कारणबाटै अर्बपति, ‘कम्प्युटर ह्याकर’ बनेर धनाढ्य

तपाईंले छुटाउनुभयो कि?